सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कच्चा तेलको मूल्य ६ दिनमा प्रतिब्यारेल १० डलर घट्यो

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो ६ दिनको अवधिमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको ओयल प्राइस डटकमले जनाएको छ ।

कच्चा तेलको मूल्यबारे जानकारी राख्ने ओयल प्राइसले सोमबार यता प्रतिब्यारेल १०.१८ डलरले ब्रेन्ट क्र्यूड आयलको मूल्य घटेको जनाएको हो । सोमबार (मार्च १३) मा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८३.१५ डलर थियो । जबकि, आज मार्च १८ मा आइपुग्दा १०.१८ डलरले घटेर प्रतिब्यारेल ७२.९७ डलरसम्म आइपुगेको छ । यसअघि, हिजो ब्रेन्ट आयलको मूल्य ७२.०९ डलरसम्म आइपुगेको थियो ।

यस्तै, मार्च ६ को तुलनामा कच्चा तेलको मूल्य झनै धेरैले घटेको छ । उक्त मितिमा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८६.१८ डलर थियो । विश्वमा ब्रेन्ट र डब्लूटीआई गरी दुईवटा बेञ्चमार्कमा कच्चा तेलको धेरैजसो खरिद बिक्री हुन्छ । यसमध्ये पनि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खरिद बिक्रीमा ब्रेन्ट बेञ्चमार्कको प्रयोग गरिन्छ र अमेरिकाले भने डब्लूटीआई बेञ्चमार्क प्रयोग गर्छ ।

यस्तै, हाल डब्लूटीआई बेञ्चमार्कको क्र्यूड आयालको मूल्य भने प्रतिब्यारेल ६६.७४ डलर छ । मार्च १३ मा यसको मूल्य प्रतिब्यारेल ७७.०७ डलर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशका सबै वडामा अर्गानिक मलको साना उद्योग सञ्चालन हुने

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

सुनको मुल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

मेरो माइक्रोफाइनान्सको सेयर आजबाट बिक्रीमा

मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आजअन्तिम दिन

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

अमेरिकी डलरको संगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

आज नेप्से आज बन्द रहने

आज बैंक तथा वित्तिय संख्या खुल्लै रहने

व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

परिसूचकसँगै सेयर बजारका सबै उपसमूह बढे

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

%d bloggers like this: