सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश नामकरणविरोधी प्रदर्शन रोक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सुचनामा उल्लेख छ ।

निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

झापामा बलेरोको ठक्करवाट ४० बर्षिया राईको मृत्यु

तीन महिनापछि मृत भेटिएका सशस्त्र प्रहरीकाे शव परिवारले बुझे

खुम्बुमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा अझै कठिनाई

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

कस्तो रहला आज रातिको मौसम?

धनगढीमा चट्याङ खसेर एक घरमा क्षती

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

प्रधानमन्त्रीविरुद्ध बानेश्वरमा नाराबाजी

बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा

काठमाण्डौं महानगरमा ७५ प्रतिशत उजुरी घर बहालका

%d bloggers like this: