सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

घले गाउँमा सर्वाधिक राशी पुरस्कारकाे फुटबल प्रतियाेगिता हुने

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।

यसअघि खुला फुटवल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्लाभित्रका ४ वटा टीम र जिल्ला बाहिरका ६ वटा चर्चित फुटवल क्वलहरुलाई आमन्त्रण गरिएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटवल खेलाडीसमेत सहभागि हुन्छन् ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले  बेंसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी पहिलोपटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटवल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको छ । द्धितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।  समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटवल प्रतियोगिता नेपालमा सम्भवतः यो पहिलो प्रतियोगिता हो ।

त्रिवेणी युवा क्लव बेंसीसहरले प्रथम पुरस्कार ५ लाख रुपैयाँ राखेकोमा घलेगाउँमा आयोजित आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिता जिल्लाको हालसम्मकै सवैभन्दा ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

घलेगाउँमा आयोजना हुने आमन्त्रित फुुटवल प्रतियोगितामा भाग लिने क्लवहरुको नाम पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ । जसअनुसार प्रतियोगितामा जिल्ला बाहिरका टीममा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाज कल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लव (एपीएफ) काठमाडौं, गोरखा ब्वयज बुटवल र (रड्स) रामपुर चितवन छन् ।

यसैगरी, लमजुङका क्लवमा लालीगुराँस युवा क्लव भुजुङ, त्रिवेणी युवा क्लव बेंसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेंसीशहर युथ सोसाइटी शेरा रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको छ ।  क्वहोलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशीको फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलोत्तमा गोल्डकपको उपाधि नजिक पुग्न थ्री स्टारले आज सुदूरपश्चिमको सामना गर्दै

थ्री नेसन्स फुटबल: ७ वर्षपछि लाओस विरुद्ध भिड्दै नेपाल

जगदम्बा जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा

फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा एमबाप्पे

आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने

पारसको टोली एसियन लायन्स च्याम्पियन

गण्डकी प्रदेशका क्रिकेट खेलाडीलाई सम्मान

त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?

मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीकाे चौथो हार

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत

फ्रेन्ज लिग वानमा शीर्ष स्थानको पीएसजी पराजित

आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत

%d bloggers like this: