सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न सभामुखलाई महासंघको चुनौती

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शनिबार महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाउँदै आरोप पुष्टी गर्न आग्रह गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको बेला सभामुख घिमिरेले ‘पत्रकारहरू र संघ बिक्रीमा रहेको’भन्दै विवादास्पद अभिव्यक्ति दिएका हुन ।

‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ’ महासचिव पुरीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गर्दछ ।’

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको तर सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक आधिकारिक धारणा नआएको पनि महासचिव पुरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने {पत्रसहित}

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने विप्लवसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

पूर्वराजासंग भेटवार्ता गर्न राप्रपाका नेताहरू झापामा

अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा: राप्रपा

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित

सत्तारूढ दलहरूको बैठक बस्दै

वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु

भ्रष्टाचार मुद्दामा डिएसपी केसीविरुद्ध छानबिन गर्न अख्तियारलाई सिफारिस

उप निर्वाचनका लागि आजवाट दल दर्ताको प्रक्रिया सुरु

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिदैँ

पानीको संरक्षण गरौँ: राष्ट्रपति

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

%d bloggers like this: