सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश गरेको छ। लाहोरको जमान पार्कस्थित घरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रहरीले डोजर चलाएर इमरान खानको घरको ढोका फोडेर भित्र प्रवेश गरेको हो। त्यसक्रममा  घरभित्रबाट गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पूर्वप्रधानमन्त्री खानको घरभित्र रहेका उनका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको प्रहरीको दाबी छ।

यस्तै, इस्लामावादस्थित अदालततर्फ जाँदै गर्दै खानको टोली दुर्घटनामा समेत परेको बताइएको छ। यद्यपि, उनी अदालत पुगिसकेका छन्। खानले सरकारले आफूलाई पक्राउ गर्न खोजेको बताउँदै आएका छन्। यसअघि उनी शुक्रबार साँझ लाहोर हाइ कोर्ट पुगेका थिए। अदालतले उनलाई जमानत दिएको थियो।

मार्च १४ मा उनलाई पक्राउ गर्न प्रहरी उनको घर पुगेको थियो। तर प्रहरी उनलाई नियन्त्रणमा लिन असफल भयो। त्यसक्रममा इमरान खानको पार्टी पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

सरकारले खानमाथि दर्जनौँ मुद्दा  दर्ता गरेको छ। उनीमाथि तोशाखानामा जम्मा गिफ्ट कम रकममा किनेर बढीमा बेचेको आरोप छ। यसलाई लिएर पाकिस्तानको निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि चुनाव लड्न अयोग्य घोषित गरेको थियो। साथै उनको सांसद पदसमेत खारेज गरिएको थियो।

आयोगको उक्त निर्णयविरुद्ध पीटीआईका कार्यकर्ताले आयोगअघि विरोध चर्काएका थिए। जसमा केही व्यक्ति घाइतेसमेत भएका थिए। उक्त घटनापछि उनीविरुद्ध पक्राउ गर्न वारेन्ट जारी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वदेश फर्किए राष्ट्रपति सी

चीन-रुस सम्बन्ध ‘नयाँ युग’ मा प्रवेश, के भयो सम्झौता ?

फ्रान्समा बच्चाका तस्वीर सामाजिक सञ्जालमा राखे अभिभावकलाई कारबाही

सैनिक कारबाहीमा तीस जना लडाकु मारिए

अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते

टिस्टामा दुई नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश

चीनका चिप टाइकुनलाई भ्रष्टाचारको आरोप

कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु

जापानी प्रधानमन्त्री नयाँ दिल्ली आउँदा चिनियाँ राष्ट्रपति मस्को पुगे

पश्चिमा देशहरुलाई उक्साउने गरी क्रेमलिनमा पुटिन र सीबिच ‘प्रिय मित्र’को झल्को दिने अभिवादन

तीन दिने भ्रमणका लागि चिनिया राष्ट्रपति मस्काे पुग्दै

अमेरिकाविरुद्ध लड्न आठ लाख युवा तयार भएको उत्तर कोरियाको दाबी

%d bloggers like this: