
काठमाण्डौः शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढेमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन्छ । जसलाई समाधान गर्न सजिलो उपाय छ ।
कोलेस्ट्रोल बढ्दै गएमा यसलाई कम गर्न हरियो प्याजले तपाईंलाई सहयोग गर्न सक्छ । यसलाई प्राय: तपाईं तरकारी वा सलादको रूपमा खान सकिन्छ ।
यसको सेवनले शरीरमा रहेका खराब कोलेस्ट्रोल सन्तुलनमा आउन सक्छ । यसले रक्तचाप पनि सन्तुलित बनाउँछ । साथै, हृदयसम्बन्धी रोगहरूको जोखिम पनि कम गर्छ ।
हरियो प्याजको नियमित सेवन गरेमा आँखाका लागि पनि फाइदाजनक हुन्छ । साथै यसले हड्डी बलियो बनाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, छाला चम्किलो बनाउँछ । त्यस्तै यो मधुमेहका रोगीहरूका लागि पनि फाइदाजनक हुन्छ ।
हरियो प्याज खाने तरिका
– सिधा सिधा काँचो सेवन गर्न सकिन्छ।
– सलादमा मिसाएर खान सकिन्छ।
– तरकारीहरूमा मिसाएर खान सकिन्छ।
– टुसा उमारेको गेडागुडीहरूमा मिसाएर खान सकिन्छ।
– परौठाहरूमा मिसाएर बनाउन सकिन्छ।
– धनियाँ जसरी तरकारी दालमा पछि राखेर पनि खान सकिन्छ ।