सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कल्याणकारी राज्यव्यवस्थाका लागि शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ : नेता महर

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वशुलभ  तथा नि:शुल्क हुनुपर्ने बता बताएका छन्।

नेपाल शिक्षक संघ डडेल्धुराको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले नि:शुल्क गरिने पर्ने बताए।

‘मैले लामो समयदेखि नि:शुल्क स्वास्थ्य ,शिक्षा  र गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार- जनताको अधिकार, कांग्रेसको सरकार भन्ने ऐजेण्डा उठाउँदै आएको छु। नेपालको कुल बजेटको २० प्रतिशत भन्दा बढी शिक्षाका लागि विनियोजन गर्नसकेमात्र शिक्षालाई विश्वबजारसँग प्रतिस्पर्धी बनाउन गर्ने खालको बनाउन सकिन्छ,’ उनले भने।

शिक्षकको मर्यादित पेसा र विद्यार्थीका लागि जीवन उपयोगी शिक्षाको अवधारणा कार्यान्वयन गर्न सरकारले यथाशक्य छिटो संघीय शिक्षा ऐन ल्याउनु पर्ने र शिक्षकको वर्गीय हितका लागि निजामती सरहको सेवासुविधाको व्यवस्था गर्नुपर्ने कुरामा महरले जोड दिए।

हाल देशभित्र स्वयम सेवकसहितका १९ प्रकारका शिक्षक रहेको र यसको उचित व्यवस्थापन गर्न नसक्नु दुखद भएको भन्दै महरले देशभरका करिब ३३ हजार विद्यालयमा कार्यरत ३ लाख २५ हजार बढी शिक्षकको वर्गीयहितका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ?

शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

राजेन्द्र लिङदेन भन्छनः हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

नेकपा माओवादी केन्द्रको पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम पेरिसडाँडामा सुरू

नेपाल मुस्लिम संघको चौथो महाधिवेशन जेठ २७ र २८ गते काठमाडौँमा हुने

नेकपा एसले सरकारमा सहभागी हुन बनायाे तीन सदस्यीय कार्यदल

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक शुरु

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने

रविमाथि राहदानी दुरुपयोग मुद्दा नचल्ने

%d bloggers like this: