सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिचन्द्र कलेजमा विद्यार्थी कुट्नेलाई कारबाही गर्न नेविसंघको माग

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञीप्त जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

‘लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ’, नेविसंघले जारी गरेको विज्ञीप्तमा भनिएको छ।

कुटपिटबाट त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ?

शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

राजेन्द्र लिङदेन भन्छनः हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

नेकपा माओवादी केन्द्रको पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम पेरिसडाँडामा सुरू

नेपाल मुस्लिम संघको चौथो महाधिवेशन जेठ २७ र २८ गते काठमाडौँमा हुने

नेकपा एसले सरकारमा सहभागी हुन बनायाे तीन सदस्यीय कार्यदल

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक शुरु

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने

रविमाथि राहदानी दुरुपयोग मुद्दा नचल्ने

%d bloggers like this: