सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ दूतावासका उच्च स्तरीय टोलीद्वारा कोरला नाकाको अनुगमन

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ दूतावासका सुरक्षा अधिकारीसहित उच्च स्तरीय टोलीले कोरला नाकाको अनुगमन गरेको छ।

तीन सदस्यीय उक्त टोलीले शनिबार मुस्ताङस्थित नेपाल-चीन नाकाको अनुगमन गरेको हो। दूतावासका ती अधिकारीहरू म्याग्दी हुँदै शुक्रबार हिमाली जिल्ला मुस्ताङ आइपुगेका हुन्। उनीहरू जोमसोमबाट कोरला नाकास्थित बोर्डरको अनुगमन र निरीक्षण गरेका थिए।

उनीहरू कूटनीतिज्ञ नम्बर प्लेटको ११ सीडी ७ नम्बरको गाडीमा कोरला नाका पुगेका थिए। चिनियाँ दूतावासका सिनियर कर्नेल ल्यु गोझेङ, लेफ्टिनेन्ट कर्नेल रोही र थर्ड सेक्रेटरी झाओ याङप्याङ कोरोला नाका पुगेका थिए।

कोरला नाकास्थित बोर्डर अवलोकनका लागि ३ सदस्यीय चिनियाँ टोली मुस्ताङ आएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। टोलीले शनिबार नै बोर्डर अनुगमन गरी जोमसोम फर्किएको प्रजिअ केशीले बताए। चिनियाँ सुरक्षा टोलीलाई मुस्ताङको घाँसाबाट कोरला नाकासम्म सम्बन्धित स्थानका प्रहरी चौकीले आलोपालो सुरक्षा प्रदान गरेका थिए।

चिनियाँ दूतावासकै पहलमा यस प्रकारका उच्च तहको सुरक्षा अधिकारी मुस्ताङ आएर बोर्डर अनुगमन गरिएको यो पहिलो भएको जानकारहरू बताउँछन्। अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने {पत्रसहित}

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने विप्लवसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

पूर्वराजासंग भेटवार्ता गर्न राप्रपाका नेताहरू झापामा

अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा: राप्रपा

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित

सत्तारूढ दलहरूको बैठक बस्दै

वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु

भ्रष्टाचार मुद्दामा डिएसपी केसीविरुद्ध छानबिन गर्न अख्तियारलाई सिफारिस

उप निर्वाचनका लागि आजवाट दल दर्ताको प्रक्रिया सुरु

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिदैँ

पानीको संरक्षण गरौँ: राष्ट्रपति

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

%d bloggers like this: