
काठमाण्डौः संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक भोलि आइतबार बस्दै छ । दिउँसो १ बजेदेखि बैठक बस्नेछ ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने छन् ।
यस्तै, सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” पेस गर्नेछन् । सँगै “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पनि पेस गर्नेछन् ।