सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

२०७९ चैत्र ६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ। गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो।

यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले बताए। वडा नम्बर १ मा आठ, २ मा २५ र ४ मा २० पशु चौपायामा यो रोग देखिएको हो। दुई हप्ता अगाडि देखिएको यो रोगबाट  गाई र गोरु बढी सङ्क्रमित भएका छन्। नब्बे प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ।

यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिँगान काढने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्ने गर्दछ। सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन्।

रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको प्रमुख साउँदले बताए। यो रोग निको पार्नेसम्बन्धी कुनै सुई छैन। उनले भने, ‘उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिन थालेका छौं,बेटाटिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौं।’

यो रोग लागिसकेपछि पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने बताइएको छ। सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेका छैनन्।

पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी, प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। यो रोगले थप समस्या लिन सक्ने भएकाले नियन्त्रणका लागि पहल थालिएको हो।

लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे। यसपछि चितवनमा देखापरेको सो रोग बैतडीको शिवनाथमा पनि देखापरेको जनाइएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ।

यो रोग झिंगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डाक्टर प्रतिभा धौभडेल मृत फेला

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

आरजु राणा देउवाले गराइन् शल्यक्रिया

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

महिला स्वास्थ्यकर्मीले नेतृत्व गरेको दुर्गमको स्वास्थ्य संस्था अब्बल बन्दै

क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

गेटा अस्पतालद्वारा छ पदका लागि २६ जनाको जागिर खुल्यो

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप