सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा टुँडिखेलमा घोडे जात्रा पर्व मनाइँदै

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको समुपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मङ्गलवार घोडे जात्रा कार्यक्रम गर्दै छ ।

त्यस अवसरमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडे जात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ ।

घोडे जात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकामा मनाइँदै आएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा मनाइन्छ घोडे जात्रा मनाउने गरिँदै आएको छ ।

यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नाका साथै जात्राले देशमा शुभ मङ्गल ल्याउने विश्वास गरिन्छ । पाटनको एकल घोडे जात्रा लोकप्रिय जात्रा हो ।

वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ-जहाँसम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडे जात्रा मनाउँदै आएको छ । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगणलगायत विशिष्ट महानुभावको सहभागिता हुनेछ ।

घोडे जात्रा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि पानी १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ । उक्त समारोहको नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानसेनापति शर्माद्वारा काजी वंशराज पाँडे सत्तलको उद्घाटन

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

सोविता गौतमले गृहेन्द्र घिमिरेसँग सुटुक्क कसिन् लगनगाँठो

डोटीमा शंकास्पद वस्तु फेला

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट

सनराइज बैंकको १ लाख २२ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट

भारतसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङ नाका खोल्न स्थानीयको माग

हातले टेकेर ७७ सिँढी ओर्लने सैनिकको अर्को कीर्तिमान