सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पशु बलि दिएर छावालाई तालिम

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हात्ती प्रजनन केन्द्रका माउते राकेश महतोले छावा (गोपालगञ्ज नामकरण)को टाउको र कानको जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै ‘बैठ’ (बस)भनेपछि सरक्कै बस्यो ।

अनि फेरि उहाँले त्यही जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै भुइँमा भएको लौरो आफूलाई दिन छावालाई निर्देशन दिए , “उपर दे (माथि दे) ।”  माउतेको निर्देशन पाएको छावाले सुँढले उठाएर लौरो माथि दियो । फेरि माउते महतोलाई छावालाई सुताउन मन लागेपछि खुट्टाले जोर्नीमै धकेल्दै भने – सुत । छावाले लुरुक्कै कुरा मान्यो र सुत्यो । हात्तीलाई तालिम दिइएको यो दृश्य हात्ती प्रजनन केन्द्र पुग्ने जोकोहीले अचेल सहजै देख्न सक्छन् । प्रजनन केन्द्रका कर्मचारीले गोपालगञ्जजस्ता छावालाई सजिलै भनेको मान्ने बनाउन निकै मिहिनेत गर्ने गरेका छन् ।

“माउबाट छुटाएर बिस्तारै छावालाई तालिम दिने गरिन्छ,” माउते महतोले भने, “उसलाई हिँड्न, बस्न, उठ्न, सामान दिन वा केही काम लगाउन बिस्तारै सिकाउने गरिन्छ ।”  हिमालीकलीबाट पहिलो बेतमा जन्मिएको गोपालगञ्ज अहिले साढे तीन वर्षको भयो । अहिले गोपालगञ्जले अन्य हात्तीसरहकै तालिम पाइरहेको छ । ऊसँगै अहिले प्रजनन केन्द्रमा शनिगञ्ज, खगेन्द्रगञ्ज, गोपालगञ्ज र सिमसारगञ्जलाई तालिम दिइएको छ । प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले भने, “यी छावालाई पहिला त माउबाट छुटाएर दुईवटा हात्तीले बाँधेर बीचमा राखी हिँड्न, बस्न र उठ्न सिकायौँ ।”

तीनदेखि चार वर्षका ती छावालाई झन्डै दुई महिनाको तालिमपछि मात्रै माउतेको इसारा बुझ्न सक्ने बनाउन सकिन्छ । यसरी तालिम दिँदा वनदेवी र खवारीको पूजा गर्ने र पशुपक्षी बलि दिने पनि प्रचलन तालिम केन्द्रमा छ ।
“तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा तीन÷चार दिनसम्म  बाँधेर बस्न नदिई राखिन्छ,” प्रमुख महतोले भने, “यसरी पूजा गर्दा तालिमक्रममा विघ्नबाधा नआओस् भनेर बोका, कुखुरा, परेवालगायतका पशुपक्षी बलि दिने प्रचलन छ ।”

बलि दिएर खवारीमा डोरीले बाँधेर राखिएको छावालाई दाना, आहार र पानीसमेत नियमितभन्दा कम दिइन्छ । यसरी बाँध्दा उसले धेरै उपद्रो मच्याउन थाल्यो भने नजिकै आगो बालेर छावाको रिस शान्त पार्ने गरिन्छ । “आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिराख्छौँ,” उनले भने। गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केजरीवाल प्रकरण: अमेरिका–भारत मनमुटाव

प्रधानमन्त्रीमाथि संशय

लायकु प्रवेशद्वारमा कंक्रिट प्रयोग भएपछि काम रोक्न पुरातत्वको निर्देशन

नागरिक उन्मुक्तिभित्र फेरी किचलो, सांसद नै दुई कित्तामा

१५ सहकारीको १७ अर्ब अपचलन

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा