सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अयोग्य लडाकुको राहतका लागि प्रक्रिया अघि बढ्दै

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । “बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ”, गृह सचिव विनोदप्रकाश सिंहले भने, “सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।” वितरणको काम चरणबद्धरुपमा गरिने उनले जानकारी दिए ।

राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि २०७३ सालमा उनीहरुलाई रु दुई लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो ।

तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए । त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठह¥याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए । एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानसेनापति शर्माद्वारा काजी वंशराज पाँडे सत्तलको उद्घाटन

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

सोविता गौतमले गृहेन्द्र घिमिरेसँग सुटुक्क कसिन् लगनगाँठो

डोटीमा शंकास्पद वस्तु फेला

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट

सनराइज बैंकको १ लाख २२ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट

भारतसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङ नाका खोल्न स्थानीयको माग

हातले टेकेर ७७ सिँढी ओर्लने सैनिकको अर्को कीर्तिमान