सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा माओवादी केन्द्रको पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम पेरिसडाँडामा सुरू

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी) केन्द्रको पाँच दिने पार्टी केन्द्रीय स्कुल मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरू भएको छ।

जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गरेका हुन्।

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन – Nepal Press

पेरिसडाँडामा आयोजित उद्घाटन सत्रमा बोल्दै उनले भने, “आजको दुनियाँमा विचारको शक्ति नै सबैभन्दा महत्वपूर्ण शक्ति हो। तथ्य, सच्चाइ र तर्कको बलमा कम्युनिस्ट आन्दोलनको पक्षमा, कार्यदिशाको पक्षमा, जनताको मुक्ति र परिवर्तनको पक्षमा जसले व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ। पाँच दिनसम्म चल्ने पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ।”

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन - Everest Dainik -  News from Nepal

पाँच दिनसम्म चल्ने पार्टी स्कुलमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, आजको विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, आजको विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिस्टहरूको कार्यभार, वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति, संस्कृति र समाजवाद, उत्पीडित समुदायको सवाल, राष्ट्रियताको सवाल लगायतका विषयहरू समाविष्ट छन्।

स्कुलमा पार्टीका भूगोल जिल्ला, विशेष कमिटी र जनवर्गीय संगठनका छानिएका प्रतिनिधिहरू उपस्थित हुनेछन्। स्कुललाई पार्टी नेता एवं विषयविज्ञहरूले सहजीकरण गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सत्तारुढ गठबन्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा भन्ने आँट नगरिरहेको ओलीको आरोप

रास्वपा मध्यपुर थिमिकाे सभापतिमा मानन्धर

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको प्रकाशमानको आरोप

मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

एमालेमा थपिए १३ जना केन्द्रीय सदस्य (नामसहित)

शान्तिप्रक्रिया निश्कर्षमा पुर्याउन चीन तयार छः उपाध्यक्ष सापकोटा

एमाले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

कार्यकर्ता पढाउन थाले माओवादी नेता

मोदीलाई प्रचण्डको जवाफ- सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक