सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुदैँछ ।

दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ ।

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा सात नयाँ खेलाडी थपिएका छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले नेपाली खेलाडीमा धेरै क्वालिटीका भएकाले बिजय हासिल गर्न कठिनाई नभएको बताए । आफूले छोटो समयमा खेलाडी छनोट गर्न गाह्रो भएको उनको भनाई छ । एन्फाले गत साता मात्र इटालीका अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

उता, टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए । उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिम पनि नयाँ नयाँ खेलाडी मिलाउनु परेकाले उनीहरुका साथ मैदानमा उत्रन पर्दा चुनौती महशुश गरेको चेम्जोङको भनाई छ ।

हिजो मात्र नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा गरिएको थियो । इटालियन प्रशिक्षक अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटदै २३ सदस्सीय टिम घोषणा गरेका हुन ।

नेपाली राष्ट्रिय फुटबल टोली:

गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ

रक्षकः पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ

मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा

स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य, आज पनि धोनीको आक्रामक ब्याटिङ

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा युएइका कप्तान आउट

नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट

कप्तान रोहित पनि आउट

युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई सम्मान