सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले आज पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।

आज बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरि आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

आजको बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ। उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ। सो क्षेत्रबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

यसैगरि, कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ। जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भोलि राजधानीमा नेमकिपाको जुलुश र धर्ना

सत्तारुढ गठबन्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा भन्ने आँट नगरिरहेको ओलीको आरोप

रास्वपा मध्यपुर थिमिकाे सभापतिमा मानन्धर

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको प्रकाशमानको आरोप

मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

एमालेमा थपिए १३ जना केन्द्रीय सदस्य (नामसहित)

शान्तिप्रक्रिया निश्कर्षमा पुर्याउन चीन तयार छः उपाध्यक्ष सापकोटा

एमाले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

कार्यकर्ता पढाउन थाले माओवादी नेता

मोदीलाई प्रचण्डको जवाफ- सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन