सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रामेश युद्धप्रसाद मिश्र स्मृति सम्मानबाट सम्मानित

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रगतिशील लेखक संघ मकवानपुरले जनवादी गायक रामेश्वर श्रेष्ठ (रामेश) लाई हेटौंडामा सम्मान गरेको छ। श्रेष्ठलाई युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट सम्मानित गरिएको हो।

श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नवराज शर्माले २० हजार नगदसहित सम्मानपत्रले सम्मानित गरेका हुन्। २०१८ सालदेखि गायनका माध्यमबाट जनचेतनाका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको संघ अध्यक्ष श्रीराम अधिकारीले बताए।

पाल्पाको तानसेनमा २००१ असार ८ गते जन्मिएका जनवादी गायक श्रेष्ठका गाउँगाउँबाट उठ, एक जुगमा एक दिन एकचोटि आउँछ, रक्तक्रान्तिको ज्वालामु खीले, गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैनजस्ता गीत लोकप्रिय छन्।

यी गीत २०४६ को जनआन्दोलनपछि २०६२÷६३ को आन्दोलनमा समेत जनता उचाल्ने औजार र ऊर्जा बनेका थिए। यी गीत हाल पनि परिवर्तनका हरेक अभियानमा यी घन्किदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’

भोजपुरी चित्रकलामा रमाएका अन्सारी

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत

वरिष्ठ पत्रकार दाहालको १२औँ कृति ‘कालपात्र’ सार्वजनिक : गृहमन्त्रीले गरे बिमोचन

‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श

चार नेपालीलाई भारत गौरव सम्मान

श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सिक्रेट्स अफ अन्नेम’ बजारमा

महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा

आठ स्रष्टालाई सम्मान र पुरस्कार

राष्ट्रिय ललितकला प्रदर्शनी: यसपटक ६ सय ९५ सिर्जना समावेश

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह