सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ठेकेदारले लगाए विद्यालयमा ताला

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विद्यालय भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ।

चार दिन पहिलेदेखि लागेको ताला अझै खुलेको छैन। त्रिवेणी गाउँपालिका–१, रिट्ठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा निर्माण व्यवसायीले विद्यालयका दुईवटा भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।

आठकोठे र चारकोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ। विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले विद्यालयमा तालाबन्दी हुँदा विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको बताउनुभयो। उहाँका अनुसार ठेकेदारले ताला लगाएपछि भवन अभाव हुँदा दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ। यहाँ एसईईको परीक्षा केन्द्र पनि निर्धारण भएको छ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी मीनराज खड्काले नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेको तर त्यहाँ ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्नु परेको बताउनुभयो। विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार)विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ। यता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम हालिसकेकाले ठेकेदारलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ।

गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले अख्तियारले छानबिन गरिरहेकोले गाउँपालिकाका प्राविधिक गएर भवनको अन्तिम रिपोर्ट दिन नसक्ने बताउनुभयो। उहाँका अनुसार विद्यालयमा लागेको तालाबन्दी खोल्न सहजीकरणका पहल भइरहेको छ। गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ