सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थ्री नेसन्स फुटबल: ७ वर्षपछि लाओस विरुद्ध भिड्दै नेपाल

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेलमा बुधबार लाओसको सामना गर्दैछ। २०१६ मा नेपालले दुई पटक लाओससँग प्रतिस्पर्धा गरेको थियो।

पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा लाओससँग भिडेको थियो। यी दुई टिमबीचको यो तेस्रो भेट हो।

नेपालले गत डिसेम्बरमा पाकिस्तानविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपालले १-० को जित निकालेको थियो। साफको तयारीमा रहेको नेपाल जारी थ्री नेसन्स कपमा आफ्नो रवाफिलो उपस्थितको प्रयासमा हुने छ।

तीन महिनापछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु मैदानमा बलियो बन्ने प्रयासमा रहेको छ। तर लाओसले एएफएफ च्याम्पियनसिप खेल्ने टोली भएकाले सुधारिएको प्रदर्शनको अपेक्षामा रहेको छ।

लाओसले डिसेम्बरमै एएफएफ च्याम्पियनसिप खेलेको थियो। उसले पछिल्लो पटक म्यानमारसँग २-२ गोलको बराबरी खेलेको थियो। फिफा वरीयतामा नेपालभन्दा १२ स्थानपछि रहेको लाओस नेपाललाई पराजित गर्दै वरीयता सुधार्ने प्रयासमा रहेको छ। नेपाल १७५ औँ स्थानमा रहँदा लाओस १८७ औँ स्थानमा रहेको छ।

पछिल्लो पटक यी दुई टिमबीच २०१६ मा प्रतिस्पर्धा भएको थियो। नेपालले एएफसी सोलिडारिटी कपको उपाधि उचाल्दा लाओसलाई सेमिफाइनलमा पराजित गरेको थियो। प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा नेपालले १-० को अवस्थाले पछि परेको अवस्था उल्टाउँदै खेल निर्धारित समयमा १-१ गोलको बराबरी गरेको थियो। तर अतिरिक्त समयपनि रोमाञ्चक बनेको थियो।

१०४ औँ मिनेटमा अनन्त तामाङको गोलमार्फत नेपालले अग्रता लिएपनि इन्जुरी समयमा पुन: लाओसले गोल फर्काएपछि पेनाल्टीमा नेपाल भाग्यमानी बन्दा फाइनल प्रवेश गरेको थियो। उक्त प्रतियोगिताको फाइनलमा मकाउलाई १-० गोलन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेको थियो।

सोलिडारिटी कपमा खेल्नु भन्दा ६ महिनाअघि लाओसकै निम्तोमा नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपाल १-१ गोलको बराबरीमा रोकियो। लाओस विरुद्धको तत्कालीन टिमका केही सदस्य अहिले घोषित टिममा पनि रहेका छन्।

जसमा गोलरक्षक किरण चेम्जोङ, आदित्य चौधरी,अनन्त तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र अन्जन विष्ट टोलीमा रहेका रहेका छन्। पछिल्ला दुई भेटमा बराबरीकै स्थितिमा रहेका नेपाल र लाओस २०२३ मा आइपुग्दा फरक समीकरणका साथ मैदान उत्रदै छन्। सिनियर र अनुभवी खेलाडीको विदेश पलायनको कारण नेपाली टोलीमा आधा खेलाडी नयाँ रहेका छन।

पाहुना टोली नेपालसँग पहिलो जितको प्रतिक्षामा रहँदा नेपाल प्रतिस्पर्धात्मक अवस्थाबाट माथि उठ्दै जितको प्रयासमा रहने छ।पछिल्लो समय खेलाडी पलायन र आन्तरिक किचलोमा फसेको नेपाली फुटबललाई समाल्न आएका प्रशिक्षक भिन्सेन्जोलाई पनि यो खेल महत्त्वपूर्ण रहेको छ। आफ्नो पहिलो कार्यकालमै अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउँदै नेपाल बसाइ सुखद बनाउने चुनौती आजबाटै सुरु हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक लाखको पुरस्कार जय क्याम्पसको पोल्टामा

मेयर तथा उपमेयर कपको उपाधि पाटनलाई

नेपाल मलेसियाँसग चार विकेटले पराजित

मेसीपछि रामोस पनि पिएसजीमा नरहने

ए डिभिजन लिग, आज तीन खेल हुदैँ

महिला टि–२०ः आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै

पाल्पा गोल्डकप: फोर ब्रदर्स सेमिफाइनमा

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने

एन्फा-क्लब बिबादः आजवाट कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने

मेस्सीले पीएसजी छाड्ने पक्का

मलेसियाविरुद्ध नेपालको दोस्रो जित

महिला टि-२० क्रिकेट : मलेसियालाई २७ रनले हराउदै नेपाल विजयी