
काठमाण्डौः बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन ।
पहिलो सेमिफाइनलमा दिउसो ३ बजे एन्फा टेक्नीकल सेन्टरको मैदान देवीनगरमा सुदूरपश्चिम ११ र थ्री स्टार खेल्दैछन । सुदूरपश्चिमले रुपन्देही ११ र थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
मंगलवार भएको पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै मनाङले फ्रेण्ड्स क्लबसँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।
आठ वटा टिम सहभागी रहेको प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख ५५ हजार पाँच सय ५५ रुपैया नगद प्राप्त गर्नेछन् ।