सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज बुधबारका लागि तय भएको कार्यक्रम स्थगित भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिन दिन र समयसमेत निर्धारण भएकोमा नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझारीका कारण अन्तिम समयमा आएर मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिन आज बुधबारका लागि तय भएकोमा स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भव भएसम्म शुक्रबार नभए चैत १५ गतेभित्रमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिइसक्ने बताउनुभएको छ ।

बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।

पछिल्लो गठबन्धनमा सहभागी दलहरुले विश्वासको मत माग्नुपूर्व छलफल नभएको भन्दै असन्तुष्टि जनाउँदैआएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व सत्ता भागबण्डा लगायतका विषयमा दलहरुसँग छलफल नै नगरेको आरोप छ । माओवादी केन्द्रका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरु हेटौँडा आइनसकेकाले बुधबारको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको बताउनुभयो ।

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालले सूचना जारी गरेको थियो । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बारेमा छलफल गर्न काठमाडौँमा आज कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत  माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट नयाँदिल्ली प्रस्थान

आज प्रचण्डले बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिट गर्ने

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कदैं

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज सफलको निवेदन

नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

शरणार्थी प्रकरणः बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान आजवाट

नेमकिपा सचिवालय बैठकले भन्याेः नागरिकता बिधेयक प्रमाणीकरण असंबैधानिक