सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फ्रान्समा बच्चाका तस्वीर सामाजिक सञ्जालमा राखे अभिभावकलाई कारबाही

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ ।

तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ । बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले अब फ्रेन्च अभिभावकहरुलाई आफ्ना बच्चाका तस्वीरहरु सोसल मिडियामा पोस्ट गर्न रोक लगाउनेछ ।

आमा बुवाहरुलाई ससक्त बनाउन र आफ्ना तस्वीरमाथि केवल आफ्नो मात्रै नियन्त्रण रहेको अनुभूति बालबालिकाहरुमा गराउनका लागि उक्त कानून निर्माण गरिएको बताइएको छ । उक्त विधयेकलाई  फ्रान्सको संसद नेसनल एसेम्बलीले पारित गरेको छ । यसले अभिभावकलाई सोसल मिडियामा आफ्ना बच्चाका तस्वीर शेयर गर्नमा प्रतिबन्ध लगाउने अधिकार अदालतलाई प्रदान गरेको छ । कानून अनुसार आमा बुवामध्ये जो कोहीले पनि आफ्ना बच्चाको तस्वीर सोसल मिडियामा सेयर गरेमा दुवै जनालाई नै जिम्मेवार ठडहराइनेछ ।

बच्चासँग सहमति लिनुपर्ने

उक्त कानून अनुसार अब अभिभावकहरुले आफ्ना बच्चाको बारेमा सोसल मिडियामा कुनै कुरा पोस्ट गर्नु परेमा पनि त्यसअघि सम्बन्धित बच्चाको सहमति लिनुपर्नेछ । बच्चाको सहमतिविना अभिभावकले सोसल मिडियामा कुनै पनि स्टाटस पोस्ट गर्न सक्ने छैनन् ।

फ्रेन्च अभिभावकहरुमा बच्चाका तस्वीर खास गरी इन्स्टाग्राममा सेयर गर्ने प्रचलन निकै बढेको र त्यसले बालबालिकाको गोपनीयता हनन् भैरहेको चर्चा भैरहेको बेला यो नयाँ कानून बनेको हो । विधयेक पेस गर्ने सांसद ब्रुनो स्टुन्डरका अनुसार सोसल मिडियामा सेयर गरिने बच्चाका तस्वीरहरुलाई चाइल्ड पोनोग्राफीका लागि दुरुपयोग गर्ने खतरा हुन्छ ।

साथै त्यो विद्यालयको माहौलमा गलत कार्यको कारण पनि बन्न सक्दछ । चाइल्ड पोनोग्राफी फोरममा प्रयोग भएका ५० प्रतिशत तस्वीरहरू अभिभावकहरुले नै सोसल मिडियामा अपलोड गरेका तस्वीरहरु हुने गरेको बताइन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओडिशामा रेल दुर्घटना: मृतकको संख्या २८३ पुग्यो

‘आर्मर सिस्टम’ हालिएको भए ओडिशाको रेल दुर्घटना सकिन्थ्यो रोक्न

हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल–शबाबका ३ आतङ्ककारी मारिए

रिहान मिया, जाे २२ बर्ष मै उद्योग खोलेर समान निर्यात गरिरहेका छन्

आतंकबाद संबन्धी अदालतले दियो इमरान खानलाई १३ जुनसम्मको जमानत

उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

किभमा पुन रूसद्धारा क्षेप्यास्त्र आक्रमणः तीनको मृत्यु, १० घाइते

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

कोलोराडोको कार्यक्रममा अमेरिकन राष्ट्रपति लडे

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो सर्त