सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीन-रुस सम्बन्ध ‘नयाँ युग’ मा प्रवेश, के भयो सम्झौता ?

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनका राष्ट्रपति सी चिनफिङले चीन-रुस सम्बन्ध ‘नयाँ युग’मा प्रवेश गरेको बताएका छन् ।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग विभिन्न सम्झौतामा आफूहरूले हस्ताक्षर गरेको र त्यसले दुई देशबीचको सम्बन्धलाई सहकार्यको ‘नयाँ युग’ मा पुर्‍याउने सीको भनाइ छ । सीले प्रस्ताव गरेको युक्रेन युद्ध रोक्ने योजनालाई पुटिनले स्वीकार गरेका छन् । दुई नेताहरूले युक्रेन संकट समाधान गर्न ‘जिम्मेवार वार्ता’ को आह्वान पनि गरेको अल जजिराले जनाएको छ ।

‘हामीले नयाँ युगमा प्रवेश गर्ने रणनीतिक साझेदारी र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा एउटा सम्झौतामा हस्ताक्षर गरेका छौँ,’ सीले मंगलबार क्रेमलिनमा पुटिनसँगको वार्तापछि भनेका छन्, ‘चीन र रुसले व्यवहारिक सहयोगलाई अगाडि बढाउन अझ नजिकबाट काम गर्नुपर्छ ।’

पुटिनले आफूहरूबीच सबै सम्झौताहरू भइसकेको बताउँदै मस्को र बेइजिङबीचको आर्थिक सहयोग रुसका लागि ‘प्राथमिकता’ भएको बताएका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई युद्ध अपराधी भन्दै पक्राउ पुर्जी जारी गरेकै समयमा सीले रुस भ्रमण गरेका हुन् ।

सी र पुटिनबीचको भेटवार्ताको उद्देश्य ‘सीमारहित चीन–रुस साझेदारी’ थप प्रगाढ बनाउने पनि थियो । युक्रेनमा आक्रमण हुनभन्दा ठीक तीन हप्ताअगाडि मात्र यो साझेदारीबारे दुई देशले घोषणा गरेका थिए । द्वन्द्वको बारेमा सी भन्छन्, ‘बेइजिङ संयुक्त राष्ट्रसंघको सिद्धान्तद्वारा निर्देशित छ । हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानलाई बढावा दिन्छौँ । हामी सधैँ शान्ति र वार्ताको पक्षमा छौँ ।’

Xi-Putin meeting: Russia and China leaders play peacemakers on Ukraine, pledge closer ties | CNN

दुई संयुक्त दस्तावेजमा हस्ताक्षर 

रुसी सरकारी समाचार संस्था तासका अनुसार पुटिन र सीले दुई संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । एउटा सम्झौतामा आर्थिक सहयोगको विषय समेटिएको छ भने अर्को सम्झौता रुस-चीन साझेदारीसँग सम्बन्धित छ ।

सम्झौता अनुसार रुस चीनमा तेलको निर्यात बढाउन सहमत भएको छ । रुस, चीन र मंगोलियाबीच रुसी ग्यास पठाउने योजनाबद्ध पाइपलाइनमा सबै सम्झौता पूरा भएका कारण अब मस्कोबाट बेइजिङमा तेल निर्यात बढाउन कठिनाइ नहुने पुटिनको भनाइ छ ।

‘पावर अफ साइबेरिया २ पाइपलाइन’ सम्झौताअनुसार रुसबाट मंगोलिया हुँदै चीनमा प्रतिवर्ष ५० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास आपूर्ति गरिनेछ । मस्कोले युरोपलाई आफ्नो प्रमुख ग्यास ग्राहकका रूपमा प्रतिस्थापन गर्न खोजेकाले पाइपलाइन योजना तत्काल अगाडि बढाइएको हो ।

रुसको समाचार संस्था तासका अनुसार दुई नेताहरूले इन्टरनेटको विषयमा पनि छलफल गरेका छन् । उनीहरू सूचना र सञ्चार प्रविधिको सैन्यकरणका विरुद्धमा उभिन तयार भएका छन् । साथै दुई देशले इन्टरनेटको बहुपक्षीय, समान र पारदर्शी व्यवस्थापनलाई समर्थन गर्न सहमत भएका छन् ।

चीन र रुसले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देशबीचको साझेदारी अन्तर्गत सैन्य-राजनीतिक गठबन्धन नगरेको उल्लेख छ । बीबीसीका अनुसार सी र पुटिनले पारमाणविक युद्ध कहिल्यै सुरु हुन नहुने विषयमा पनि सहमति जनाएका छन् । उनीहरूले अस्ट्रेलिया, बेलायत र अमेरिकाबीचको अकस रक्षा सम्झौताबारे चिन्ता व्यक्त गर्दै सैन्य र सुरक्षासम्बन्धी मामिलामा एसियामा नेटोको बढ्दो उपस्थितिबारे छलफल गरेका थिए । बीबीसी र अल जजिराको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओडिशामा रेल दुर्घटना: मृतकको संख्या २८३ पुग्यो

‘आर्मर सिस्टम’ हालिएको भए ओडिशाको रेल दुर्घटना सकिन्थ्यो रोक्न

हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल–शबाबका ३ आतङ्ककारी मारिए

रिहान मिया, जाे २२ बर्ष मै उद्योग खोलेर समान निर्यात गरिरहेका छन्

आतंकबाद संबन्धी अदालतले दियो इमरान खानलाई १३ जुनसम्मको जमानत

उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

किभमा पुन रूसद्धारा क्षेप्यास्त्र आक्रमणः तीनको मृत्यु, १० घाइते

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

कोलोराडोको कार्यक्रममा अमेरिकन राष्ट्रपति लडे

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो सर्त