सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ ।

नेकपा एमालेकी सांसद विमला राई पौड्यालले मंगलवार वानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जवाफसमेत माग गरेकी छन् ।

राष्ट्रिय सभाको जारी बैठकको शून्य समयमा पुर्व मन्त्रीसमेत रहेकी पौडेलले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको भन्दै  किन मुख थुनिएको हो ? भन्दै त्यसको जवाफ माग गरेकी हुन ।

‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जवाफ चाहन्छु’, जवाफ माग्दै राईले भनिन ।

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरिबमारा प्रचण्ड मुर्दाबाद’ भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सत्तारुढ गठबन्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा भन्ने आँट नगरिरहेको ओलीको आरोप

रास्वपा मध्यपुर थिमिकाे सभापतिमा मानन्धर

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको प्रकाशमानको आरोप

मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

एमालेमा थपिए १३ जना केन्द्रीय सदस्य (नामसहित)

शान्तिप्रक्रिया निश्कर्षमा पुर्याउन चीन तयार छः उपाध्यक्ष सापकोटा

एमाले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

कार्यकर्ता पढाउन थाले माओवादी नेता

मोदीलाई प्रचण्डको जवाफ- सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक