सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लागुऔषधसहित ९ जना पक्राउ

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाैजना पक्राउ परेका छन् ।  झापाकाे दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई,  सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् ।

चोकमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

धादिङकाे गजुरी नगरपालिका-६ आदमघाटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही ओमसतिया  गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

मोरङकाे कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७  नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरकाे, हेटौडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको   हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाकाे धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ

बुबाको हत्या आराेपमा छाेरा पक्राउ

लमजुङ कारागारबाट फरार दुवैजना पक्राउ

जुस खुवाएर कञ्चनपुरमा भारतीयले गरे लुटपाट

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ

पूर्व उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

लागूऔषधसहित २ जना पक्राउ

विवाह गर्न नमानेपछि चक्कु प्रहार गरी प्रेमिकासहित काकाको हत्या

चोरी गरेको आराेपमा भारतीय नागरिक पक्राउ