
काठमाण्डौः प्रधानमन्त्री प्रचण्ड उपस्थित कार्यक्रममा नाराबाजी गरेको भन्दै अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परीसरले जनाएको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा छन्। उनिहरुलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताईएको छ।’
उनीहरूले बैंकको ब्याज निकै महँगो भएकाले घटाउनुपर्ने भन्दै प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेका थिए।