
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो हप्तामा नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा व्यवधान भने आउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न पनि सकिनेछ । यो साताका लागि शुभ अङ्क ३,४,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शङ्करजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रमणीय र सुखद् यात्राको योग छन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको दिन रहनेछन् । मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण कार्य गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्यारो साथी सँग भने मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग घिउ रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्ता अपजस आइलाग्न सक्छ भने विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । मध्य साताबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता पारिवारिक जमघट तथा सामूहिक कार्यमा सहभागि भइनेछ । बौद्धिकताको विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्ता आँटेको र ताकेको कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता आफन्त वा इष्टमित्र सँग पुनर्मिलनको योग रहेको छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो वा आकाशे हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानको स्मरण गरि कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको सुरुका दिनमा मन छटपटी र अशान्ति छाउनेछ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )
स्रोतः हाम्रोपत्रोबाट