काठमाण्डाैः सरकारले संविधान संशोधन विधेयकलाइ संसदमा दर्ता गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संघिय संसद सचिवालय सिंहदरबारमा दर्ता गरेकी हुन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार अपरान्ह तीन बजे सचिवालयमा संशोधन प्रस्ताव दर्ता भएको हो ।

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने मन्त्रिपरिषदको निर्णय बमोजिम भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको (राजनीतिक तथा प्रशासनिक)नक्शा जेठ ७ गते सार्वजनिक गरिसकेको छ।
संविधानको अनुसूची ३ मा नेपालको निशान छाप छ। सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छाप भित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकोले संविधान संशोधन गर्न लागेको हो। गत साेमबार मन्त्रिपरिषदबाट पारित भएकाे नयाँ नक्सा गएकाे बुधबार सार्वजनिक गरिएकाे थियाे ।
