सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपाले खोजेको निरङ्कुश राजसंस्था हैन : राप्रपा नेता, प्रकाश रिमाल (अन्तवार्ता)

२०८० बैसाख २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजतन्त्र मान्नेहरू त फटाहा, अज्ञानी र मूर्ख हुन् भन्ने हल्ला छ नि ?

झापामा भएको घटनाका आधारमा राप्रपा चाहिन्छ भन्ने कसैलाई छैन । यस्तो कुरा केपी ओलीले उठाउनु भएको हो । तर प्रदेश १ को नामकरण एमालेकै मुख्यमन्त्रीको नेतृत्वमा भएको हो । राजसंस्था मान्ने फटाहा, अज्ञानी र मूर्ख हुन् भन्नलाई पहिला उहाँले पनि राजसंस्था मान्नु भएको थियो । त्यो बेला उहाँ मूर्ख हो त ? विश्वका धेरै देशहरूले राजसंस्था मान्छन् । राजसंस्थाको कुरा गर्दा सम्पन्न नहुने हैन । गणतन्त्र भएका सबै देश समृद्ध छन् त ? हामीले राजसंस्था हुँदा निरङ्कुश नै हुन्छ भन्ने भाष्य बनाउनु हुँदैन । त्यसैले राप्रपाले खोजेको निरङ्कुश राजसंस्था हैन ।

पूर्वराजालाई धेरै फुरफुर नगर हिसाब किताब बाँकी नै छ भन्ने एमालेलाई किन लाग्यो ?

हामी पहिला चुनावमा केही जिल्लास्तरमा गठबन्धन गरेर गएका हौँ । तरपनि एमालेसँगको हाम्रो सम्बन्ध स्थायी हैन । उनीहरूको दर्शन नै गणतन्त्र हो । उनीहरूले हामीलाई सपोर्ट गर्छन् भनेर हामीले सोच्नु हुँदैन । नेपाली जनताको भावना एकातिर, नीति र नियम एकातिर र नेताको भावना अर्कोतिर भएका कारणले देशको यो अवस्था आएको हो । हाम्रा कम्युनिस्ट पार्टीहरू पश्चिमा शक्तिसँग मिलेका छन् ।

पहिलाको दाँजोमा जनमत किन घटेको तपाँईहरुको ?

हामीले हाम्रा मुद्दा, भावना, विचारहरू जनताको घरघरमा पुर्‍याउने काम गर्न सकेनौँ । त्यो हाम्रो कमजोरी हो । जुन दिन हामीले जनतामा सबै कुरा पुर्‍याउन सक्छौँ, त्यो दिन इन्डियामा भाजपाजस्तै बलियो हुन्छौँ । नेपाली समाजको मानसिकता यस्तो भयो कि नेतृत्व राप्रपाको, कुरा राप्रपाको राम्रो हो तर मेरो पुर्खा कांग्रेस हो भन्ने र म त उतै भोट हाल्छु भन्ने छ । त्यो सोचाइ परिवर्तन गर्नुपर्छ ।

राप्रपा सङ्घीयतातिर किन गएको ?

हामी गणतन्त्रको पनि पक्षमा छौँ । यो संविधानले हामीलाई वैचारिक स्वतन्त्रता, दलमाथि विचारको आधारमा प्रतिबन्ध नलाग्ने व्यवस्था गरेको छ । त्यसैले यो निर्वाचनलाई संविधानले दिएको वैचारिक स्वतन्त्रता र विचारको आधारमा दलमाथि प्रतिबन्ध नलाग्ने व्यवस्थालाई हामीले उपयोग गरेका छौँ । संसद्मा उपस्थिति भएर हामीले त्यो ठिक हैन भनेका हौँ । जानै नहुने हैन । सैद्धान्तिक रूपमा हामी स्पष्ट छौँ । हामी जनताका कुराहरू उजागर गर्छौँ । सदनका कुरा जनतामाझ लैजान्छौँ ।

नयाँ पार्टीको तुलनामा तपाईँहरूको मत आएन नि ?

धेरै पार्टीले पुस्तान्तरण हुनुपर्छ भनेका छन् । तर अहिलेसम्म पुस्तान्तरण गरेको पार्टी राप्रपा मात्रै हो । त्यसैको परिणामस्वरूप काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो ।

तपाईहरूलाई काम गर्न रोकोको राजसंस्था नआएर हो ?

हामी हाम्रो पहिचान संस्कार परम्परा गुमाएर हिँडेका छौँ । संस्कृत क्षेत्री बाहुनको भनेर हटाइयो तर यो त सबैको संस्कारमा चाहिने कुरा हो नि ! क्रिश्चियनहरुसँग बिचार मिल्यो भन्ने राजनीतिक दलहरू धेरै भए । यो मार्गचित्र नै खराब छ । त्यसैले अब राजसंस्था स्थापना गर्ने र हिन्दु राष्ट्रका विषयमा राप्रपा र रास्वपा मिलेर लागे विकास हुन्छ । मुलुकको लागि राजसंस्था, हिन्दु राष्ट्र आवश्यक छ ।खबरहब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको मागमा दृढ छौँ : लोसपा वरिष्ठ उपाध्यक्ष, जितेन्द्र सोनल (अन्तवार्ता)

काँग्रेसले हिन्दु राष्ट्रमै जाऔं भन्ने गरिरहँदा हामीले त्यसलाई गम्भीर रूपमा लिएकै हौं : माओवादी उपमहासचिव, वर्षमान पुन (अन्तवार्ता)

नेतृत्वप्रति नै अविश्वसनियता बढेकोले चौध महिनामा तीन पटक सरकार परिवर्तन भए : काँग्रेस नेता, रमेश लेखक (अन्तवार्ता)

आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो : प्रवक्ता, अग्नी सापकोटा (अन्तर्वार्ता)

अर्थतन्त्र केही दबाब वा चापमा छ, गतिमा मन्दी आए पनि संकटमै छैन : अर्थमन्त्री, वर्षमान पुन (अन्तवार्ता)

हामी राजनीतिक रूपमा दुवै छिमेकीसँग समनिकटताको सम्बन्ध राख्छौँ : परराष्ट्रमन्त्री, नारायणकाजी श्रेष्ठ (अन्तवार्ता)

जनतालाई डेलिभरी दिनुपर्छ भन्ने आत्मविश्वासका साथ सत्ता समीकरणमा साझेदार भएका हौं : विनाविभागीय मन्त्री, डीपी अर्याल (अन्तवार्ता)

कांग्रेसका कारण गठबन्धन टुटेको होइन, प्रधानमन्त्रीकै कारण टुटेको हो : एनपी साउद, (अन्तवार्ता)

राष्ट्रिय सभाको गरिमा बढाउन र स्तर वृद्धि गर्नका लागि त्यही खालका प्रतिनिधि सदनमा जानुपर्छ : राष्ट्रियसभा अध्यक्ष, गणेश प्रसाद तिमिल्सिना (अन्तवार्ता)

वडादेखि केन्द्रसम्म अधिवेशन गरेर सबै ठाउँमा नेतृत्व चयन गरौं : लोसपा नेता, सर्वेन्द्रनाथ शुक्ल (अन्तवार्ता)

सर्वोच्चमा नियक्ति हुने न्यायाधीशको हकमा पनि केही प्रावधान राखौं : डा. श्रीकृष्ण भट्टराई, पूर्व न्यायाधीश (अन्तवार्ता)

संविधान र कानुनले नचिनेको यो व्यवस्थामा पुनरवलोकन गर्नुपर्ने देखिन्छ : प्रमुख निर्वाचन अधिकृत, दिनेश थपलिया (अन्तवार्ता)