सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अक्षर धाममा हाइकु साधना र अध्ययन केन्द्र बनाउन गरियो उद्घाटन

२०८० बैसाख २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल हाइकु केन्द्र ( नेहाके) ले काभ्रेको बनेपामा रहेको अक्षरधाममा निर्माण गरेको हाइकु-राम- झुपडी शनिबार उद्घाटन गरिएको छ ।

सोही अवसरमा हाइकु केन्द्रका अध्यक्ष प्रा. राम कुमार पाँडेको अंग्रेजी हाइकु संग्रह ” हाइकु बड”, डा. यादव ढुङ्गानाको “नेपाली सुनौलो शिर” र चन्द्रकला शाहको “कोसेली” विमोचन समेत गरियो ।

बाह्र वर्षअघि परिकल्पना र निर्माण प्रारम्भ गरेर सञ्चालनमा ल्याइएको अक्षर धाम विकासमा क्रियाशिल दुई संस्थामध्ये शब्द साधकका अध्यक्ष हरि मन्जुश्रीले आफ्नो पत्रकारिता तथा साहित्यिक अनुभवबाट नै एउटा गतिलो साहित्य गन्तव्य स्थल निर्माण गर्ने प्रेरणा प्राप्त भएकाले सो क्षेत्रलाई विकास र विस्तार गर्न निरन्तर लागेको स्मरण गराउनुभयो।

त्यस्तै अर्को संस्था नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइँकेलले साहित्यिक अध्ययन तथा अनुसन्धानसहित एउटा सिर्जनात्मक साहित्यिक गन्तव्य स्थलका रुपमा विकास गरिएको अक्षर धाममा नेहाकेले हाइकु अध्ययन,अनुसन्धान तथा साधना स्थलका रुपमा सो क्षेत्रलाई थप विस्तार गर्ने उद्देश्यले सहकार्य सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

नेहाकेका अध्यक्ष पाँडेले अन्तर्राष्ट्रिय कविताका रुपमा परिचित हाइकुलाई संस्थागत विकास गर्ने क्रममा उचित ठाउँ र परिवेश पाएकोमा गर्व लागेको बताउँदै भविष्यमा नयाँ साहित्य पुस्ताका लागि एउटा तीर्थस्थलका रुपमा हस्तान्तरण गर्न लायक ठाउँ बनाउन सकिने उल्लेख गर्नुभयो।

उहाँले नेहाकेका तर्फबाट आजै कार्यक्रम स्थलमा संकलित रु १ लाखसमेत हस्तान्तरण गर्नुभयो । डा.ढुङ्गानाले विमोचित पुस्तकबारे जानकारी गराउँदै साधना र प्रकृतिको घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो ।

डा. बम बहादुर थापा जितालीले सरकारको मुख ताक्नुभन्दा आफैं क्रियाशिल हुन सके चाँडै विकास हुन सक्ने हुँदा आफ्नो क्षेत्रको हितका लागि स्वयं साहित्यकार नै जुट्नुपर्ने धारणा राख्नुभयो।

साहित्यकार तथा संचारकर्मी शिरोमणि दवाडीले अन्तर्राष्ट्रिय हाइकु सम्मेलनको तयारी तथा अन्य साहित्यिक अभियान र भावी योजनाबारे जानकारी गराउनुभएको थियो।

बुलु मुकारुङ,पुष्कर लोहनी,शान्ति सापकोटा,मातृका पौडेल,अच्युत घिमिरे लगायतका कवि,लेखक तथा सांगीतिक श्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रमका क्रममा वृक्षरोपण, स्वस्तिवाचन र सांगीतिक तथा साहित्यिक प्रस्तुतिहरू गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

अन्तर्राष्ट्रिय कवि सम्मेलन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश