सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिंहलाई कारबाही नहुने

२०८० बैसाख २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधि सभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ ।

यस प्रकरणमा बोल्न चाहने सांसद र आकस्मिक समय सकेसम्म कम गर्ने सभामुख देवराज घिमिरेको प्रयत्नले बैठक सञ्चालनमै अवरोध भइरहेको छ । पहिलो बैठकदेखि नै समय व्यवस्थापनमा समस्या खडा भइरहेको छ । सोमबार समय व्यवस्थापनको प्रश्न त संसदीय मर्यादा र सभामुखको विशेषाधिकारसँगै जोडिन पुगेको छ ।

आकस्मिक समयमा बोल्न सोमबार पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्र सांसदलगायतले समय माग गरेका थिए तर बजेटका सिद्धान्त र प्राथमिकतामा छलफलका कारण शून्य समयबाहेक आकस्मिक समय नदिने बैठकअघि नै तय भएको थियो ।

बैठकको सुरुवातमै आसन स्थानमा उठेका सदस्यलाई सभामुखले बस्न आग्रह गर्नुभएको थियो तर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एकाएक बैठक कक्षमै धमाधम कपडा खोल्न सुरु गरेपछि सुव्यवस्थामा नै प्रश्न खडा भएको थियो । बोल्न पाउनुपर्ने मागसहित सिंह कम्मरभन्दा माथि अर्धनग्न नै हुनुभयो ।

सभामुख घिमिरेले सुव्यवस्था कायम गर्नका लागि सदस्यले पालना गर्नुपर्ने नियमप्रति ध्यानाकर्षण गराउनुभयो तर सिंह रोकिनुभएन । उहाँले आफ्नै स्थानबाट समय माग गरिरहनुभयो । सभामुखले बैठकको सुव्यवस्थाका लागि नियमावलीको नियम ३० अनुसार चेतावनी दिनुभयो । चेतावनी नमाने कारबाहीका लागि बाध्य हुने बताएपछि सिंहले कपडा लगाउनुभयो ।

पहिलो घटना होइन

बैठक कक्षमा सुव्यवस्थाको प्रश्न उठेको यो नै पहिलो घटना भने होइन । इतिहासमै सबैभन्दा लामो अवरोध सङ्घीय संसद्को पहिलो कार्यकालमा भइसकेको छ । संविधानको विषयलाई लिएर २०७१ माघ ५ मा नेकपा (माओवादी केन्द्र)का सभासद्ले संविधान सभामा तोडफोड नै गरेका थिए तर कुनै किसिमको कारबाही भएन । २०६८ मा वार्षिक बजेट पेस गर्ने क्रममा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस माओवादीकै सांसदले तोडफोड गरेका थिए । उक्त घटनामा पनि कुनै कारबाही भएन ।

संविधान सभाको समितिमा पनि दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले आफ्नो कपडा आफैँ च्यात्नुभएको थियो । बैठक कक्षबाटै कुर्सीसमेत उहाँले फाल्नुभएको थियो । संविधान सभामा सभासद् सञ्जय साहले सभा कक्षको माइक तोड्नुभएको थियो ।

कारबाही पनि भए

संसदीय मर्यादाका घटना सदस्य निष्कासनको अवस्थासम्म पुगेका छन् । मर्यादाविपरीतका घटनामा निष्कासनको अभ्यास पहिलो संसद्बाटै भएका छन् । पहिलो संसद्मा सांसद निस्तार राय यादवलाई सभाध्यक्षले बाहिर निस्कन आदेश दिनुभएको थियो । २०१७ साल साउन १९ गतेको बैठकमा उहाँलाई प्रश्नोत्तर कार्यक्रमपछि बाहिर निस्कन आदेश गर्नुपरेको थियो ।

यस्तै २०५० साउन ६ गते राष्ट्रिय सभामा स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलमाथि हातपात गरेपछि सदस्य गोल्छे सार्की सात दिन निलम्बनमा पर्नुभएको थियो । विशेष समयमा मन्तव्य दिएर फर्कने क्रममा सार्कीले आफ्नै स्थानमा बसिरहनुभएका पौडेलमाथि हातपात गर्नुभएको थियो । सदनमा नारा नलगाउन गरेको आग्रहविपरीत रोस्ट्रम नै कब्जा गरेपछि रामेश्वरराय यादवलाई पनि राष्ट्रिय सभाको २०५० भदौ २१ गतेको बैठक कक्षबाट निष्कासन गरिएको थियो ।

यस्तै २०५३ साल भदौ २ मा प्रतिनिधि सभामा बोल्ने स्थानको विवादमा सभामुख रामचन्द्र पौडेलले सांसद हृयदेश त्रिपाठीलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिनुभएको थियो । रोस्ट्रम प्रयोगको अनुमति नपाएपछि त्रिपाठी रोस्ट्रमअघि गएर उभिनुभएको थियो । जसकारण अभद्र व्यवहारमा कारबाही बेहोर्नुपरेको थियो ।

संविधान सभाबाट निष्कासित

संविधान सभा अवधिमा पनि सदस्यहरूलाई निष्कासन गरिएको पाइन्छ । माओवादी केन्द्रका सांसदबाट भएको संविधान सभा तोडफोड, बजेट वक्तव्यको ब्रिफकेस तोडफोडका घटनाबाहेक अन्यमा पनि सभाध्यक्षबाट विशेषाधिकार प्रयोग भएको देखिन्छ । २०६८ साल असार ५ गते सभामुख सुवास नेम्वाङले तत्कालीन व्यवस्थापिकाको बैठकबाट सदस्य विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, बुद्धरत्न मानन्धर र सदरुल मियाँ हकलाई निष्कासन गर्नुभएको थियो । रुलिङअनुसार जवाफका लागि रोस्ट्रममा जान लाग्नुभएका स्थानीय विकासमन्त्रीलाई रोकेपछि चारै जनालाई सात दिनका लागि निलम्बन गरिएको थियो ।

यस्तै २०६८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एक दिनका लागि निलम्बनमा परेका थिए । २०६८ साल भदौ ८ गते कुन्तीकुमारी शाही, चन्द्रबहादुर गुरुङ (स्याङ्जा), बबिना मोक्तान लावती र रामनारायण सिंहलाई सभामुख नेम्वाङले निलम्बन गर्नुभएको थियो । व्यवस्थापिकामा नारा लगाइरहेका उनीहरूलाई बैठक कक्षबाट बाहिर जान आदेश भएको थियो तर बैठक कक्ष नछाडेपछि मर्यादापालकको सहयोगमा बैठकबाट निष्कासन गरियो ।

सभाको शान्तिविरुद्ध कार्य गरेको भन्दै सांसद सञ्जयकुमार साहलाई पनि कारबाही भएको थियो । बोल्न नपाएको भन्दै साहले सदनका माइक तोडफोड गर्नुभएको थियो । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य