सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लचिलो र विस्तारकारी मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

२०८० बैसाख २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मौद्रिक नीतिको त्रैमासिक समीक्षाको मिति नजिकिएसँगै नेपाल राष्ट्र बैंकलाई लचिलो र विस्तारकारी नीति अघि बढाउन दबाब थपिएको छ ।

चालू आर्थिक वर्ष (आव) मा लिइएको कसिलो नीतिले अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गराए पनि बैंकहरूको कर्जा प्रवाह, आयातनिर्यात, सरकारी राजस्व घट्नुका साथै आर्थिक गतिविधि सुस्त भएपछि पुनर्विचार गर्न केन्द्रीय बैंकलाई दबाब बढेको हो ।

सरकारका अधिकारी र निजीक्षेत्रका उद्योगी व्यवसायीले औपचारिक र अनौपचारिक माध्यमबाट मौद्रिक नीतिको कार्यदिशा परिवर्तन गर्न गभर्नर महाप्रसाद अधिकारीमाथि दबाब बढाएका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले आइतवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गरेको कार्यक्रममै अर्थतन्त्रमा देखिएका समस्या वित्त नीतिले भन्दा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्र बैंकलाई दबाब दिएका थिए ।

उनले मंगलवार पनि त्यही ‘स्टेटमेन्ट’ दोहोर्‍याए । संसद्मा विनियोजन विधेयक २०८०/र८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘ब्याजदर बढेका कारण व्यवसायमा नाफा भइरहेको छैन । ऋण लिन खोज्नेहरू पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ ।’

राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्ने र त्यसले ब्याजदर कम बनाउने विश्वास आफूलाई भएको पनि उनले बताए । कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि राष्ट्र बैंकले आव २०७७र७८ र २०७८र७९ मा लचिलो र विस्तारकारी मौद्रिक नीति लिएको थियो ।

त्यसले बजारमा नगद प्रवाह वृद्धि भई अर्थतन्त्र चलायमान भए पनि आयात वृद्धि र अनुत्पादक क्षेत्रमा लगानीका कारण अर्थतन्त्रमा समस्या आउन थाल्यो । त्यसपछि चालू आवमा केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति ल्यायो ।

राष्ट्र बैंकको कडाइले यतिबेला शोधनान्तर स्थिति सहज हुनुका साथै विदेशी मुद्राको सञ्चिति बढेको छ । तैपनि अर्थतन्त्रमा मन्दी आएपछि मौद्रिक नीति पुनरवलोकन गर्नुपर्ने दबाब बढेको हो । आर्थिक दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य