सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्युबेल गाड्दा भ्रष्टाचार

२०८० बैसाख २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नवलपरासीको देवचुली र दुम्किवासमा ट्युबेल गाड्दा भ्रष्टाचार गरेको अभियोगमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इन्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

झुठा बिल भर्पाइ बनाइ सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भेटिएपछि अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । इच्छाकुमार श्रेष्ठले भूमिगत जलस्रोत तथा सिँचाइ विभाग कार्यालय बुटवलको कार्यालय प्रमुख भएका बेला यस्तो कैफियत गरेका हुन् । उनले ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँको झुटा बिल बनाएका थिए । उनकै कारण काम पूरा हुन नसकी अलपत्र परेको र प्रतिफल शून्य हुँदा ५३ लाख ७५ हजार २ सय रुपैयाँ हानी नोक्सानी भएको दाबीसहित उनीबाट बिगो र जरिमाना असुल गरी कैद गर्न अख्तियारले विशेष अदालतसमक्ष माग गरेको छ ।

सिँचाइ विभागका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्यसैगरी, सोही कार्यालयका तत्कालीन इन्जिनियर सन्तोषकुमार दास पनि उल्लिखित रकमको झुठा बिल बनाउने र काम अलपत्र पार्ने कसुरमा संलग्न भएको हुँदा कानुनबमोजिम कारबाही, जरिमाना र बिगो असुलीको माग गरिएको अख्तियारले जनाएको छ । उनले निर्माण कार्यमा नापजाँच गरी तयार गरेको कागजात स्वीकृतिका लागि पेस गरी ठेकेदारले फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा नभए-नगरेको कामलाई भए-गरेको हो भनी बढी काम गरेको देखाइ झुठा बिल बनाइ स्वीकृतिका लागि पेस गरी प्रथम रनिङ बिलको भुक्तानीसमेत गराई ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँ हानी नोक्सानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनलाई सोहीबराबरको बिगो र जरिमाना असुल उपर गर्न माग गरिएको छ ।

साथै, ठेक्काको म्याद थप तथा बीचैमा काम छोड्ने ठेकेदारलाई नियमानुसारको कारबाही नगरी भुक्तानीसमेत दिई जमानतको म्याद समाप्त भई फुकुवासमेत हुनेगरी भए गरेको कामबाट हानी नोक्सानी भएको रकम, ठेक्का व्यवस्थापनमा बदनियतसाथ लापरबाही गरी ठेक्काको उद्देश्य पूरा नहुनेगरी बीचैमा कामलाई अलपत्र पारी लगानीको प्रतिफल शून्य हुनेगरी भए गरेको कामबाट ५३ लाख ७५ हजार २ सय रुपैयाँ हानी नोक्सानी भएको दाबीसहित उनबाट बिगो र जरिमाना असुल गरी कैद हुनुपर्ने माग गरेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा भएको पम्प हाउस, स्टोरेज, टंकी र वितरण प्रणाली निर्माण कार्यमा यस्तो कैफियतमा संलग्न तेस्रो व्यक्तिका रूपमा लेखापाल नेत्रप्रसाद मरासिनी रहेको अख्तियारको ठहर छ । उनको समेत संलग्नतामा सो कसुर भएको अख्तियारले आरोप लगाएको हो ।

अख्तियारद्वारा मुद्दा दायर गरिएका चौथो र पाँचौं व्यक्तिका रूपमा रहेका सुकबहादुर गुरुङ ठेकेदार हुन् भने प्रकाश भट्टराई ठेकेदार कम्पनी भोलेबाबा कन्ट्रक्सनका तर्फबाट अख्तियारी प्राप्त व्यक्ति हुन् । उनीहरू दुवैबाट ६३ लाख ७ हजार ७ सय रुपैयाँ असुल उपर गरी बिगो जफत गर्नुपर्ने माग अख्तियारले राखेको छ । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य