सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अर्थतन्त्रको पछिल्लो अवस्था: बाह्य क्षेत्र बलियो, आन्तरिकमा पनि सुधारको संकेत

२०८० बैसाख २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ ।

विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को चैतमा मात्र १ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । विदेशमा रहेका नेपालीले एक महीनामा पठाएको यो हालसम्मकै बढी रकम हो । यसअघि फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड र पुसमा १ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
चालू आवको चैतसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा विप्रेषण शून्य दशमलव २ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण १३ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष डलर विप्रेषण १ दशमलव ८ प्रतिशतले घटेको थियो ।
विप्रेषण बढ्नुमा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि र औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन गर्ने सरकारको नीतिलाई कारण मानिएको छ । औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा साधारण निक्षेपको भन्दा १ प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउने नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको साधारण शेयरमा आरक्षणको व्यवस्था गरिएको छ । आर्थिक अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना

मिडिया एलायन्सद्वारा प्रधानमन्त्री–सञ्चारमन्त्रीसमक्ष मिडिया संकट अवस्थावारे जानकारी

उद्योग अगाडि खुम्चियो राजमार्ग

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने