सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट

२०८० बैसाख २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ ।

सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य सङ्कटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यान्न सङ्कट भएपछि गाउँपालिकाको मागबमोजिम कोशी प्रदेश सरकारले ९० क्विन्टल चामल पठाएको छ । उक्त चामल सङ्कट क्षेत्रका नागरिकलाई वितरण गरिसकिएको र त्यसले दुई महिना मात्र धान्ने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

यसपछि पनि लगत्तै खाद्यान्न आवश्यक पर्ने भएकाले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत ढुवानी अनुदानमा दुई हजार आठ सय क्विन्टल चामल माग गरिएको जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। त्यस्तै नेपाल खाद्य संस्थानमार्फत पनि ३५० क्विन्टल चामल भोटखोला पुर्याउने तयारी गरिएको उनले जानकारी दिए।

भोटखोला क्षेत्रका अधिकांश युवा रोजगारीका लागि तिब्बततर्फ जाने गरेकामा नाका नखुलेपछि रोजगारी गुमाएका हुन् । नाका खोल्न त्यस क्षेत्रका नागरिक र स्थानीय सरकारले पटक पटक अनुरोध गरे पनि हालसम्म नाका खुल्न सकेको छैन । गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले गृहलगायतका माथिल्लो मन्त्रालयमा नाका खोल्न अनुरोध गरे पनि हालसम्म कुनै प्रगति भएको छैन ।

भोटखोला गाउँपालिका सङ्खुवासभाकै सबैभन्दा दुर्गम स्थानीय तह हो । गाउँपालिकाको किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर सबैभन्दा विकट रहेकाले ती गाउँमा बर्सेनि खाद्य सङ्कट हुने गर्दछ । स्थानीय उत्पादन कोदो र आलुले करिब तीन महिना मात्र पुग्ने स्थानीय बताउँछन् ।  भौगोलिक विकटताका कारण हालसम्म पनि जिल्ला सदरमुकामसँग सडक सञ्जाल जोडिएको छैन । तीन देश जोड्ने मुलुककै सबैभन्दा छोटो नाका भए पनि उत्तर–दक्षिण कोशी राजमार्गको ट्र्याक हालसम्म खोल्न सकिएको छैन । अहिले नेपाली सेनाले उक्त सडक अन्तर्गतको च्याम्ताङको भिर फुटाएर बाटो खोल्ने काम गरिरहेको छ ।

चिनियाँ पक्षले चार वर्षदेखि सीमा बन्द गर्दा दोलखाको बिगु गाउँपालिका–१ को उत्तरी दुर्गम लप्ची गाउँका बासिन्दा खाद्यान्न र चरम आर्थिक सङ्कटमा परेको स्थानीय कर्मा शेर्पाले बताए। उनका अनुसार त्यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत घिउ र याकका बाच्छा बिक्री हो । उनीहरूले ती सामान तिब्बती बजार न्यालम लगेर बेच्ने गरेका थिए । त्यसबाहेक अन्य व्यापार व्यवसायसमेत नहुँदा लप्चीवासी गाउँबाट पलायन हुन थालेका छन् ।  गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य