सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराजाको सक्रियता बढ्दै

२०८० बैसाख २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेसँगै नयाँ तरंग सिर्जना भएको छ ।

नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको विषयमा बोल्दै आएका योगीसँगको भेटले नेपाली राजनीतिमा आशंका सिर्जना गरेको छ ।

पूर्वराजा शाह केही समयदेखि नेपालगन्जको सोल्टी होटलमा बस्दै आएका थिए । उनी करिब १ महिना नेपालगन्जमै बस्ने कार्यक्रम रहेको बताइन्छ । एक हप्ताअघि नै उनी लखनउ पुगेका थिए । नेपालगन्जबाट २-३ घन्टाभित्र नै लखनउ पुगिन्छ । पूर्वराजा शाह र मुख्यमन्त्री आदित्यनाथबीचको भेटको विषयमा शाहका संवाद सचिव फणिराज पाठकले विज्ञप्ति निकालेका छन् । छलफल समसामयिक विषयमा केन्द्रित रहेको उल्लेख छ । पछिल्लो समय शाहका भारत भ्रमण बाक्लै हुन थालेको छ । योगी आदित्यनाथले खुला रूपमा नेपालका विषयमा धारणा राखेका कारण पनि यी दुईबीचको भेटमा राजनीतिक गन्ध देखिन्छ ।

राजाको यो भ्रमणलाई निजी भन्न नमिल्ने बताउँछन् राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल । ‘प्रत्यक्ष शासन गरेको व्यक्तिको भ्रमण भेटघाट सार्वजनिक विषय बन्छ । त्यसैले निजी भ्रमण भनेर भन्न मिल्दैन,’ उनले भने । पूर्वराजा शाहले पछिल्लो समय आफ्ना सीमितता तोड्दै गएको विश्लेषण हुन थालेको छ ।

शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई भेटे

प्छिल्लो समय त उनले राजनीतिक दलविरुद्ध समेत अभिव्यक्ति दिन थालेका छन् । त्यसैगरी ठूला दलका शीर्ष नेतासमेत पूर्वराजाको सक्रियताबाट झस्किने गरेका छन् ।

उनी केही समयअघि पूर्वमा लामै समय बसे । झापाको दमकस्थित आप्mनै निवासमा बसेर भेटघाट बाक्लो बनाएका थिए । राजसंस्थाले देशको अभिभावकत्व निर्वाह गर्नुपर्ने विचार शाहले राख्ने गरेको उनीसँग भेटघाट गर्नेकुरा बताउँछन् । गत फागुन १ मा त दुर्गा प्रसाईको आयोजनामा भएको कार्यक्रममा पूर्वराजा शाह सपरिवार पुगे । २० चैतमा सुनसरीमा उनलाई अभिनन्दन गरियो । झापा बसाइका क्रममा पनि उनी भारत गएका थिए । त्योबेलाको भारत भ्रमणको विषयमा भने कुनै कुरा सार्वजनिक भएन । राष्ट्रिय प्रजातन्त्र पार्टीले त शाहलाई राजनीतिकमा ठाउँ दिनुपर्ने बताएको छ ।

नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो । २०६३÷६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए । उनी शाहवंशका अन्तिम राजा हुन् । उसो त यसअघि पनि नेपालमा दुईपटक राजाले गद्दी त्याग गरेको घटना छ । रणबहादुर शाहले रानी कान्तवतीको जिद्दीका कारण १७ महिनामै छोरालाई राजगद्दी दिएर पशुपतिको धर्मशिला छोएर गद्दीत्यागको धरपत्र गरेको इतिहासकार ज्ञानमणिले ‘नेपालको महाभारत’मा उल्लेख गरेका छन् । राजेन्द्रविक्रम शाहले पनि राजा गद्दी त्याग गरेर कासी गएका थिए ।

गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

न्यायालयको अचम्मको शैली: सर्वसाधारणका मुद्दामा छैन ध्यान, राजनीतिक मुद्दालाई प्राथमिकता

गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना

मिडिया एलायन्सद्वारा प्रधानमन्त्री–सञ्चारमन्त्रीसमक्ष मिडिया संकट अवस्थावारे जानकारी

उद्योग अगाडि खुम्चियो राजमार्ग

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल