सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

२०८० बैसाख २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।

बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु¥याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । सो प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङले समर्थन जनाएका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने खाँण’बारे मुख खोलेका छैनन् । संस्थापननिकट अन्य केही नेताले भने खाँणमाथिको अनुसन्धान नसकिंदासम्म उनलाई कारबाही गर्न नहुने धारणा बैठकमा राखिरहेका छन् ।

बिहीबारसमेत सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले खाँणलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।

‘खाँणले आफू निर्दोष छु भनिरहनु भएको छ, उहाँले कि आफैं म प्रहरीलाई अनुसन्धानमा सघाउँछु र अनुसन्धान नटुंगिँदासम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन्न भन्नुप¥यो कि पार्टीले नै उनलाई निलम्बन गरेर अनुसन्धानमा सघाउँछ भन्नुप¥यो, कांग्रेसले बोल्नुप¥यो,’ पदाधिकारी बैठकमा महामन्त्री थापाले राखेको धारणा’बारे जानकारी दिँदै कांग्रेसका एक सहमहामन्त्रीले भने ।

बैठकमा सभापति देउवाले भने कुनै ठोस जवाफ फर्काएका छैनन् । उनले पदाधिकारी तथा पूर्व पदाधिकारीले राखेका राय सुनिरहेका छन् । तर, सभापतिनिकट केही नेता भने खाँणका पक्षमा पार्टीले बोल्नुपर्ने भन्दै सभापतिलाई सुझाइरहेका छन् । खाँण कांग्रेस केन्द्रीय सदस्य हुन् ।

‘सभापतिले जवाफ दिनुभएको छैन, उहाँले सुनिरहनु भएको छ, तर सभापति निकटका केही नेता खाँणका पक्षमा उभिनुभएको छ,’ कांग्रेसका ती सहमहामन्त्री भन्छन् ।

देउवाले कुनै जवाफ नदिएपछि महामन्त्री थापाले बैठकमा नै देउवालाई तपाईंको धारणा के हो ? भन्दै प्रश्न गरेका थिए ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य