सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रायमाझी खोज्न नयाँ जुक्ति

२०८० बैसाख ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ। प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म पुग्ने बाटो खोजी गर्न थालेको छ।

यसै क्रममा शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रायमाझी बिरामी भएको पत्र संघीय संसद् सचिवालयमा बुझाउने व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ। फरार रायमाझीले आफू बिरामी भएकाले उपचाररत रहेको भन्दै बुधबार संसद् सचिवालयमा पत्र पठाएका थिए। उनका एक सहयोगीले संसद् सचिवालयमा पुगेर पत्र पेस गरेका थिए। तर पत्र पेस गर्ने व्यक्ति को थिए? भन्ने खुलेको छैन। त्यही नखुलेकाले सिआइबीले ती व्यक्तिको पहिचान गर्न संसद् सचिवालयबाट पत्र बुझाउन आउँदा रेकर्ड भएको सिसिटिभी फुटेज लिएको छ।

‘उहाँ (रायमाझी) कसै न कसैको सम्पर्कमा हुनुहुन्छ भन्ने खुलिसकेको छ। त्यसैले निकट व्यक्तिहरूमार्फत उहाँसमक्ष पुग्ने कोसिस सुरु गरेका छौं,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैअन्तर्गत संसद् सचिवालयमा पत्र बुझाउने व्यक्तिको पहिचान गर्ने कोसिस गरिएको हो।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा रायमाझी अप्रत्यक्ष रूपमा आफ्नो सम्पर्कमा रहेको जनाउने गरी भाषण गरेका थिए। निकट व्यक्तिहरूमार्फत दुई पटक आफूसँग सम्पर्क भइसकेको र आफूले प्रहरीकहाँ हाजिर भएर अनुसन्धानमा सघाउन भनेको उनले बताएका थिए । रायमाझी एमालेका सचिवसमेत हुन्। पार्टीले उनलाई निलम्बन गरेको छ।नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य