सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पहिचान बनाइसकेका नेता यस प्रकरणमा संलग्न भएको भनी पक्राउ पर्नुले धेरैलाई झस्कायो : प्रा. लोकराज बराल (अन्तवार्ता)

२०८० जेठ ५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालको गिरफ्तारीले के संकेत गरेको ?  

यस प्रकरणमा लहरो तान्दा पहरो थर्किरहेको अवस्था छ । देशका गृहमन्त्रीदेखि माथिल्लो तहका निजामती प्रशासकसमेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसै क्रममा भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत पक्राउ परेका छन् । रिजालजस्तो भुटानी राजाको जेलनेल झेलेका र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेका नेता यस प्रकरणमा संलग्न भएको भनी पक्राउ पर्नुले धेरैलाई झस्काएको हुनुपर्छ । उनले जानेरै गल्ती गरे या नजानेर गल्ती गरे, त्यो भविष्यमा हुने अनुसन्धानले नै बताउनेछ ।

यो प्रकरण सहज रूपमा टुंगोमा पुग्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?

म त त्यस्तो सम्भावना खासै देख्दिनँ । बयानका क्रममा नाम आएका धेरै नेता र तिनका आफन्तहरू जोगिन सक्ने सम्भावना देखिँदै छ । हुन त बयानका क्रममा अभियुक्तले आरोप लगाउँदैमा कोही दोषी नै हुन्छ त भन्न सकिन्न । तैपनि, यति ठुलो प्रकरणमा नाम जोडिइसकेपछि पनि कतिपय नेता र तिनका आफन्तलाई भने सामान्य सोधपुछसमेत गरेको देखिन्न । त्यसले गर्दा पनि बिचमा केही चलखेल होला कि भन्ने आशंका बाँकी नै छ ।

यस प्रकरणले अन्तर्राष्ट्रिय जगत्सामु नेपालको प्रतिष्ठामा कस्तो प्रभाव पर्ला ?

यसले धेरै नै नराम्रो प्रभाव पारिसकेको छ । देशका उपप्रधानमन्त्री, गृहमन्त्री तथा सचिवसमेतको संलग्नताले नेपालको विश्वसनीयता गुमिसकेको छ । यसलाई राम्ररी टुंगोमा पुर्‍याउन सकिएन भने आगामी दिनमा हामीलाई विदेशीले विश्वास नगर्ने वातावरण बन्न सक्छ । नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘भारतीय प्रधानमन्त्री नेपाल-भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ’ – प्रधानमन्त्री (अन्तवार्ता)

भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ: प्रधामन्त्री प्रचण्ड

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण गैरसंवैधानिक कदम हो : संविधानविद्, डा. भीमार्जुन आचार्य (अन्तवार्ता)

परिवर्तनका लागि अब आन्दोलन गरिहनु पर्दैन : पूर्वसभामुख, सुवाश नेम्वाङ (अन्तवार्ता)

गणतन्त्रको विकल्प सदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैन : प्रधानमन्त्री, पुष्पकमल दाहाल (अन्तरवार्ता)

राजस्वले खर्च धान्ने स्थिति छैन; बजेटको आकार बढाउनु हुँदैन : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे (अन्तवार्ता)

कसैले पनि आधारबिना सामान्यीकरण गरेर आरोप लगाउन मिल्दैन : नेप्से प्रमुख, कृष्णबहादुर कार्की (अन्तवार्ता)

‘रास्वपाले अन्य भ्रष्टाचार फाइल खोल्छ भनेर नेताहरू तर्सिएका छन्’ : रास्वपा उपसभापति, डीपी अर्याल (अन्तर्वार्ता)

‘नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन सकिन्न’ : काँग्रेस महामन्त्री, गगन कुमार थापा (अन्तवार्ता)

अब अभियोजन गर्ने पक्षले प्रतिवेदन अध्ययन गरेर सुझबुझपूर्ण कदम चाल्ला  : काठमाडौं प्रहरी प्रमुख, दान बहादुर कार्की (अन्तवार्ता)

सरकारले आधा काम भइसकेका योजनाबाट रकम फिर्ता लैजाँदा अहिले भुक्तानी समस्या भयो : महानगर प्रमुख, नागेश कोइराला (अन्तवार्ता)

कतापट्टी अनुसन्धान प्रक्रिया अगाडि बढाउने भन्नेमा चाहिँ कुनै पनि अन्तर्राष्ट्रिय शक्तिको हात छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल (अन्तवार्ता)