सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’माथि विमर्श

२०८० जेठ ५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कथाकार प्रमोद प्याकुरेलको पहिलो उपन्यास ‘खटप्वाल’माथि विमर्श सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. अशोक थापाले कृतिमाथि चर्चा गर्दै उपत्यकाको काँठ क्षेत्र, समाज र त्यहाँकाले भोग्दै आएको जीवन यस उपन्यासमा समेटिएको बताए । डा. थापाले उपन्यासमा काठमाडौं वरपरका क्षेत्रको सुन्दर वर्णन गरिएको उल्लेख गरे ।

उनले उपन्यासमा प्रस्तुत अध्यायहरूको विवेचना गर्दै भने, “औपन्यासिक शिल्प सुन्दर भए पनि उपन्यास भनिसकेपछि कथा जोडिनुपर्थ्यो कि ! कि नयाँ प्रयोग हो ? उपन्यासलाई निबन्धको भाषाले थिचेको छ ।”

समालोचक महेश पौडेलले प्याकुरेलको उपन्यासले बलिया सन्देशहरू प्रवाह गरेको बताए । अर्का वक्ता महेश कार्की क्षितिजले उपत्यकाको काँठवासीको जीवनलाई उपन्यासकारले बलियोसँग प्रस्तुत गरेको बताए । अन्तरक्रियात्मक प्रस्तुतिमा स्रष्टाहरू भवानी खतिवडा, घनेन्द्र ओझा, लक्ष्मण वियोगी, भरत पौडेललगायतले बोले ।

कार्यक्रममा उपन्यासकार प्याकुरेलले उठेका प्रश्नहरूको जवाफ दिए । कृति पेज टर्नरले प्रकाशन गरेको हो । बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’

भोजपुरी चित्रकलामा रमाएका अन्सारी

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत

वरिष्ठ पत्रकार दाहालको १२औँ कृति ‘कालपात्र’ सार्वजनिक : गृहमन्त्रीले गरे बिमोचन

‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श

चार नेपालीलाई भारत गौरव सम्मान

श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सिक्रेट्स अफ अन्नेम’ बजारमा

महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा

आठ स्रष्टालाई सम्मान र पुरस्कार

राष्ट्रिय ललितकला प्रदर्शनी: यसपटक ६ सय ९५ सिर्जना समावेश

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह