सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै

२०८० जेठ ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आज युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ। त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राई, काठमाडौँ क्षेत्र नं ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, नेपाली साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो।

गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री किरातीले १९९७ सालमा युगकविले क्रान्तिविना शान्ति हुँदैन भन्ने कविता लेखेबापत १८ वर्ष जेलजीवन बिताएको उल्लेख गरे। नेपाली राजनीतिमा परिवर्तन ल्याउन उनको भूमिकाको कदर गर्न अझै कमी भएको मन्त्री किरातीको भनाइ थियो।

‘युगकवि जस्तै आजको युगले अर्काे साहित्यकार मागिरहेको छ’ उनले भने। युगकवि श्रेष्ठको जन्म १९९७ जेठ ९ गते भए पनि उहाँको जन्मजयन्तीलाई आजदेखि तीन दिनसम्म मनाइँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’

भोजपुरी चित्रकलामा रमाएका अन्सारी

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत

वरिष्ठ पत्रकार दाहालको १२औँ कृति ‘कालपात्र’ सार्वजनिक : गृहमन्त्रीले गरे बिमोचन

‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श

चार नेपालीलाई भारत गौरव सम्मान

श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सिक्रेट्स अफ अन्नेम’ बजारमा

महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा

आठ स्रष्टालाई सम्मान र पुरस्कार

राष्ट्रिय ललितकला प्रदर्शनी: यसपटक ६ सय ९५ सिर्जना समावेश

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह