सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमै प्वाल भएको इटाको उत्पादन सुरु

२०८० जेठ ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक (प्वाल भएको इँटा) को उत्पादन थालेको छ ।

इटाभटाबाट वातावरण प्रदूषण वढेको भन्दै चर्काे आलोचना हुँंदै आएपछि यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इटा उत्पादन थालेको कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाटै प्वाल भएको (हलो व्रिक) को उत्पादन थालेको हो ।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिदै उत्पादन थालेको बताए । ‘बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुन्छ, इन्जिनियर दुवालले थपे, ‘यसले ऊर्जा किफायतीमा सहयोग पनि पुग्छ ।’ यसो भएकाले यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने धारणा उनको छ ।

इन्जिनियर दुवालले देशैभरि १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने तथ्यांक पेश गरे । हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्यांक छ । दुवालका अनुसार यस्तो इँटामा इन्सुसलेशन हुने हुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ । साथै यसको तौल हल्का हुँदा घरको भार कम हुन्छ । यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ ।

कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थालेको हो । यो ठाउँ पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा पर्दछ ।
नेपालमा सामान्य लोकल इटा, चाइनिज इटालगायतका विभिन्न थरीका इटाहरु छन् । साथै व्लकका इटाहरु पनि हुन्छन् । साथसाथै आकर्षक खालका पोंल अपा (झिंगटी), चिकं अपा    (तेलिया इँंटा) लगायतका इटाहरु पनि हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय विदेश राज्यमन्त्रीले गरिन् प्रधानमन्त्री प्रचण्डलाई विदाई {फोटोफिचर}

प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा भव्य स्वागत (फोटोफिचर)

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता (फोटोफिचर)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण (फोटो फिचर)

भारतीय संसदको भित्ते चित्रमा नेपाली भु-भाग राखे पछि बिराेध (फोटोफिचर)

माडीस्थित अयोध्यापुरीको राममन्दिरमा भक्तजन

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)

गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटो फिचर)

सरकारको सिफारिसले १४ बर्ष अगाबै रेशम चौधरी रिहा (तस्विरहरू)

बालुवाटारमा सुरू भयाे तरकारी खेती (फाेटाेफिचर)

पाँचखालको तालिम केन्द्रमा नेपाली सेना

यसरी देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [फाेटाेफिचर]