सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कौशीमा शुक्रबारबाट नाटक ‘त्रयम्’

२०८० जेठ ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तीन युवतीको विगतको यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुने भएको छ ।

नाटकमा तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक तरिकाले देखाइनेछ ।

दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आगामी जेठ १२ गते शुक्रबारदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुँदैछ । निर्देशक रानाभाटका अनुसार नाटकमा काठमाडौँका एउटा फ्ल्याटमा एकअर्कासँग स्वभाव नमिल्ने तीन युवतीको कथा देखाइनेछ ।

‘एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन् । तर पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ’, उनी भन्छन्, ‘योसँगै उनीहरूको विगत किताबको पाना झैँ पल्टिँदै जान्छन् । जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ । एक दिनको घटनाले उनीहरूको वर्षौँदेखिको कथा बताउँछ । ’

नाटक थिएटर भिलेजले निर्माण गरेको हो । थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो । निर्देशक दिलिप रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताएका छन् ।

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ । एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ । तर त्यो दर्शकसम्म पुगेको थिएन । यसपल्ट मौका जुर्दै छ, ’उनको भनाइ छ, ’यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ ।’

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् । उनीहरुलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन् । नाटक १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ ।

दिलिप रानाभाट कै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दा पछाडि रहेर आयुष्मा खरेलले सघाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’

भोजपुरी चित्रकलामा रमाएका अन्सारी

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत

वरिष्ठ पत्रकार दाहालको १२औँ कृति ‘कालपात्र’ सार्वजनिक : गृहमन्त्रीले गरे बिमोचन

‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श

चार नेपालीलाई भारत गौरव सम्मान

श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सिक्रेट्स अफ अन्नेम’ बजारमा

महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा

आठ स्रष्टालाई सम्मान र पुरस्कार

राष्ट्रिय ललितकला प्रदर्शनी: यसपटक ६ सय ९५ सिर्जना समावेश

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह