सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सगरमाथा आरोहीको थप उपचार भारतमा

२०८० जेठ ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।

हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि मंगलबार भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनीहरुमध्ये तीन जना सगरमाथा आरोही छन् भने एक जना ल्होत्से हिमाल आरोहण दलमा संलग्न आरोही एक हुन् । चार जना सगरमाथा र एक जना ल्होत्सेबाट उद्धार गरिएकामा एक जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने बाँकी चार जनालाई थप उच्चारका लागि नयाँ दिल्ली लगिएको हो ।

सगरमाथाको दोस्रो आधार शिविरमा म्यानेजर तथा कुकको जिम्मेवारीमा रहेका ओखलढुङ्गा निवासी शेर्पा सरदार आङकाजी शेर्पाको सब अन्त्येष्टि गर्नुअघि बौद्ध गुम्बामा धार्मिक परम्पराअनुरुप १४ जना लामा गुरुद्वारा शान्ति पाठ गरिएको छ ।

उनको शव आधार शिविरबाट सोमबार काठमाडौँ ल्याएपछि परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिएको थियो । बौद्ध परम्पराअनुसार उपयुक्त साइतमा उनको पार्थिव शरीर बुधबार टेकुमा अन्त्येष्टि गरिने छ । यस पटकको सफा हिमाल अभियानमा लक्ष्यभन्दा बढी नै फोहर सङ्कलन भएको प्रवक्ता भण्डारीले बताए । यस पटक ३५ टनको लक्ष्य थियो ।

सङ्कलित फोहरमध्ये कुहिने फोहर त्यसै क्षेत्रमा व्यवस्थापन गरिने छ भने नकुहिने फोहर काठमाडौँ ल्याइने छ । पूर्वनिर्धारित कार्यक्रमअनुरुप उपलब्ध साधन स्रोत र खर्चका आधारमा सङ्कलित फोहर व्यवस्थापन गरिने छ ।

अभियानमा संलग्न प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको टोली सगरमाथा आधार शिविरमा रहेको टोली फोहर सङ्कलनको काम सकेर फर्कने क्रममा छ । त्यहाँ सङ्कलन फोहर सेवा प्रदायक कम्पनीले हवाई साधन र अरु साधनको प्रयोग गरी नजिकको विमानस्थलमा पुर्‍याउने र त्यसपछि आवश्यकताका आधारमा सडक र हवाई यातायातमार्फत काठमाडौँमा ल्याइने छ । विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा औपचारिक कार्यक्रम गरी अभियानको समापन हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानसेनापति शर्माद्वारा काजी वंशराज पाँडे सत्तलको उद्घाटन

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

सोविता गौतमले गृहेन्द्र घिमिरेसँग सुटुक्क कसिन् लगनगाँठो

डोटीमा शंकास्पद वस्तु फेला

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट

सनराइज बैंकको १ लाख २२ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट

भारतसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङ नाका खोल्न स्थानीयको माग

हातले टेकेर ७७ सिँढी ओर्लने सैनिकको अर्को कीर्तिमान