सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २ हजार ९५५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

गत आवको सोही अवधिमा १ हजार ५५१ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो। गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ४०४ यूनिट आर्थत ९०.५२ प्रतिशतले इलेक्ट्रिक कार (ईभी)नेपाल भित्रिएका छन्।

चालु आवको पहिलो १० महिना ८ अर्व ४१ करोड ६४ लाख ११ हजार रुपैयाँको इलेक्ट्रिक कार आयात भएको छ। इलेक्ट्रिक मार्फत सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोठ ६८ लाख ३ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार नेपाल भित्रिएका थिए। नेपालमा १०० किलोवाट क्षमताका ८ अर्ब ९ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको २ हजार ८८२ यूनिट इलेक्ट्रिक कार आयात भएका छन्।

यस्तै १०० देखि २०० किलोवाट क्षमताका २७ करोड ५८ लाख ६७ हजार रुपैयाँ बराबरको ६६ यूनिट इलेक्ट्रिक कार भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

साथै २०० देखि ३०० किलोवाट क्षमतका ४ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको ७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ। नेपालमा चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र अमेरिका सहित ५ ओटा मुलुकबाट इलेक्ट्रिक कार आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक कार भारतबाट आउने गरेको देखिन्छ। भारतबाट ५ अर्ब ३२ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको १ हजार ९६८ यूनिट इलेक्ट्रिक कार आएको छ।

चीनबाट २ अर्ब १३ करोड ३१ लाख रुपैयाँ बराबरको ७१० यूनिट इलेक्ट्रिक कार भित्रिएको छ। दक्षिण कोरियाबाट १ अर्ब ४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको ७० यूनिट इलेक्ट्रिक कार आएको विभागको तथ्यांकमा देखिन्छ।

अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ यूनिट इलेक्ट्रिक कार नेपाल आएको छ। इन्डोनेसियाबाट ६४ लाख ६ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार नेपाल ल्याइएको छ । आईसीटी समाचारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीनमा विदेशी ब्रान्डको स्मार्टफोनको बिक्री ५२ प्रतिशतले बढ्यो

ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म

दुई ओटा १४ इन्च स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप नेपालमा, मूल्य ३ लाख १० हजार

टोकियोमा फ्लाइङ कारको डेब्यु

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो