सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सबल, सक्षम र योग्य स्वास्थ्यकर्मीको माग पूरा गर्न संस्थानको ठूलो योगदान रहेको बताउनुभयो ।

“नेपाल राष्ट्रका लागि अत्यन्त आवश्यक चिकित्सा जनशक्ति उत्पादन गरी समग्र देश र नेपाली सेनाका लागिसमेत व्यावसायिक दक्षता हासिल गरेका सबल, सक्षम र योग्य स्वास्थकर्मी प्रवाह गर्न यस संस्थाले ठूलो योगदान पु-याएको छ”, उहाँले भन्नुभयो ।

प्रधानसेनापति शर्माले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको शिक्षा ऐनको परिधिभित्र रही संस्थानले विभिन्न शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आएको बताउनुभयो । उहाँले चिकित्साशास्त्रसम्बन्धी नियामक निकाय चिकित्सा शिक्षा आयोगबा प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

“दक्ष जनशक्ति सुविधा सम्पन्न पूर्वाधार निर्माण गरेर संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले राष्ट्रको स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने कार्यमा यस संस्थानले सधैँ नै उच्चरुपको मान्यता राखन र सोही अनुसारका योग्य चिकित्सक उत्पादन गर्न शुभकामना दिनुभयो ।

उहाँले आवश्यकताको परिपूर्तिका लागि विभिन्न प्रकारका स्रोतको उपलब्धता सुनिश्चितता गर्नेतर्फ आफूले पहल गरिरहेको बताउनुभयो । संस्थानलाई अब्बल बनाउन सिफारिस गरिएका सुझावलाई आफूले स्वीकार गरी संस्थानलाई राम्रो बनाउनका लागि थप बजेट तथा लगानी गर्ने गरेको उहाँको भनाइ छ ।

प्रधानसेनापति शर्माले संस्थाको गरिमा र गुणस्तरलाई कायम राख्न सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले सूचना प्रविधिमा पोख्त हुँदै आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले संस्थान छोटो अवधिमा विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको र प्रतिस्पर्धामा उच्च स्तरको रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन प्राडा दिव्यासिंह शाहले संस्थान छोटो समयमा उत्कृष्ट प्रतिष्ठानका रुपमा स्थापित भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको माग पूरा गर्न संस्थान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

संस्थानका कार्यकारी निर्देशक नगेन्द्रबहादुर केसीले स्थापनाकालदेखि हालसम्म एक हजार ८२ विद्यार्थीले चिकित्सासम्बन्धी उच्च शिक्षा लिएका जानकारी दिनुभयो । उहाँले हाल संस्थानमा एक हजार एक सय नौ विद्यार्थी अध्ययनरत रहेको जनाउनुभयो ।

सो अवसरमा प्रधानसेनापति शर्माले खेलकुद सप्ताह-२०७९ मा विजेता खेलाडीलाई शिल्ड र मेडल प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रधानसेनापति शर्माले वार्षिक मुखपत्रको विमोचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

आठ डीएसपी एसपीमा बढुवा सिफारिस

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

प्रहरी चौकीका आफ्नै भवन छैनन्

माओवादी पदाधिकारी बैठक सुरु

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग

चट्याङ लागेर एकै घरका तीन घाइते

मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

मोदीको बिरूद्दमा वाराणासीमा कांग्रेसको उम्मेदवार अजय राय

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट