सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चन्द्र भण्डारीकै इच्छाअनुसार संसदमा बोल्ने विशेष व्यवस्था मिलाइयो : सभामुख घिमिरे

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । भण्डारीकै इच्छाअनुसार विशेष व्यवस्था मिलाएर बैठकमा बोल्ने अवस्था बनाइएको सभामुख देवराज घिमिरेले बताएका छन् ।

एक साताअघि निवासमै पुगेर जलनबाट घाइते भएका भण्डारीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको स्मरण गराएका सभामुख घिमिरेले भण्डारीकै इच्छाअनुसार बुधबार सदनमा बोल्ने व्यवस्था मिलाइएको बताएका हुन् ।

‘माननीय भण्डारीज्यूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा हुने इच्छा राख्नुभएको थियो । उहाँको इच्छाअनुसार संसद सचिवालयलाई बोल्न विशेष व्यवस्था मिलाउन निर्देशन दिएको थिएँ,’ आफ्नो कार्यकक्षमा रहेका भण्डारीसँगको भेटमा सभामुख घिमिरेले भने, ‘आज माननीयज्यूले सदनमै आएर सम्बोधन गर्नुभएको छ । उहाँलाई सम्बोधनपछि कार्यकक्षमा नै स्वागत गर्ने र पुनः स्वास्थ्यलाभको कामना गर्ने अवसर पाइयो । पुनः माननीयज्यूको स्वास्थ्य लाभको कामना गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानसेनापति शर्माद्वारा काजी वंशराज पाँडे सत्तलको उद्घाटन

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

सोविता गौतमले गृहेन्द्र घिमिरेसँग सुटुक्क कसिन् लगनगाँठो

डोटीमा शंकास्पद वस्तु फेला

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट

सनराइज बैंकको १ लाख २२ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट

भारतसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङ नाका खोल्न स्थानीयको माग

हातले टेकेर ७७ सिँढी ओर्लने सैनिकको अर्को कीर्तिमान