सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘टुल्की’ शुक्रबारदेखि प्रर्दशन हुने, टिकट बुकिङ खुला

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को टिकट बुकिङ खुला भएको छ । १२ जेठ शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको बुधबारदेखि टिकट बुकिङ खुला भएको हो ।  चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले काठमाडाैँमा पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । ‘चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ,’  उनले भने ।  चलचित्र डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताए ।

निर्देशक देवजङ थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।

चलचित्र निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् ।  शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन् ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हलिउडका लेखककाे हड्तालका कारण जेनिफरको सिरिज बन्द

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

‘ह्यासट्याग माया’को छायांकन सुरु

लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने

करिनाले बाथरुममा सलमानको पोस्टर राखेपछि…

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य

‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता