
श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ११ गते तद्अनुसार सन् २०२३ मे २५ तारिख बिहीबार ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथि तिष्य नक्षत्र वृद्धि योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः५० बजेमा हुनेछ । कुमार षष्ठी, भ.पु. चण्डीभगवती यात्रा । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
मेष – व्यस्तता बढ्नेछ । ज्यादा मिहीनेतले काम बन्ला । काममा चुनौतीहरू देखिए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने दिन छ । आफ्ना याोजनामा गोपनीयता अपनाउन विशेष ध्यान राख्नु हितकर हुनेछ । काम बिग्रने डरले सताइरहनेछ, तर मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट होला । रमाइलो जमघट होला, साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुऱ्याउनेहरू प्रशस्तै हुनेछन् । अनावश्यक खर्च पनि बढ्नेछ । पराक्रम भने बढ्नेछ । रसरागमा आकर्षण रहला ।आफन्तको साथ मिल्नेछ ।
मिथुन – केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने दिन छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य पनि अलिक कमजोर रहला । यसका बाबजुद हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हेला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुने योग छ ।
कर्कट – शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तर, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास भने गर्नेछन् । काम पूरा नभए पनि आंशिक फाइदा होला । आरोग्यता र सामर्थ्य वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह – विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । मित्रजन वा सन्तानपक्षबाट कार्यमा सहयोग पुग्ला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – नसोचेको स्रोतबाट धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरी पनि सुधार हुने योग छ । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले भने सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नु हितकर होला । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – उपलब्धिको स्रोत पहिल्याउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आजको दिन अरूका काममा विशेष समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन पनि सक्छ । स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।
वृश्चिक – अरूको भरपर्दा धोका मिल्ने र शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने समय छ । सावधानीपूर्वक आफ्ना योजना अघिबढाउनुपर्नेछ । मेहनतको फल प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुने योग छ । पराक्रम वृद्धि हुनेछ ।
धनु – दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । दौडधुप बढ्ने र मान वृद्धि हुने योग छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – आजको दिन व्यापार तथा साझेदारीमा पनि फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । आयस्रोत बढ्ला ।
कुम्भ – आजको दिन वादविवादमा परिने योग छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुपर्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । प्रेमभाव वृद्धि हुनेछ, आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।